एरिकालाई युएसए ओपन करातेमा स्वर्ण र रजत पदक

१९औँ एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ युएसए ओपन अन्तर्राष्ट्रिय कराते २०२४ मा रजत पदकमा सीमित भएकी छिन्। ६८ किलो माथिको खुला तौल समूहमा अमेरिकाकी खेलाडीसँग ३–२ अंकले पराजित भएसँगै एरिका स्वर्णपदक जित्नबाट वञ्चित भएकी हुन्। एरिका खुला र उमेर समूह दुवैको फाइनलमा पुगेकी थिइन्। यसअघि उनले गएराति भएको खेलमा यू–२१ उमेर समूहमा ६८ किलो तौल समूहमा स्वर्णपदक जितेकी थिइन्।

एरिकाले चीनको हाङझाओमा भएको १९औँ एसियाली खेलकुदमा करातेलाई ऐतिहासिक रजत पदक दिलाएकी थिइन्।

TOP