हाइड्रोजन उत्पादनमा नेपाललाई मिल्यो सफलता

हाइड्रोजन उत्पादनमा नेपालले सफलता हासिल गरेको छ । सधै अरुमा आत्म निर्भर हुने नेपालको यो सफलताले प्रविधी विकासमा ठुलो फड्को मारेको छ , यसले सधै भारतको भरमा पेट्रोलबाट चल्ने गाडी र डिजेल विस्थापित गर्न अपेक्षा गरिएको छ । नेपालमै पहिलो पटक हाइड्रोजन उत्पादनको परीक्षण सफलतापूर्वक सम्पन्न भएको हो । काठमाडौं विश्वविद्यालयले आइतवार ९आज० हाइड्रोजन रिफिलिङ स्टेसनको परीक्षण सफलता पूर्वक गरेको हो ।

अहिले उत्पादित हाइड्रोजनलाई कारमा राखिएको छ । विश्वविद्यालय अन्तर्गतको नेपाल हाइड्रोजन इनिसियटिभ्सका परियोजना प्रमुख तथा एसोसिएट प्राडा। विराजसिंह थापाका अनुसार स्टेसनको सबै परीक्षण सम्पन्न भएपछि कारमा हाइड्रोजन हालिएको हो । लामो समयको प्रयासपछि विश्वविद्यालयले हाइड्रोजन उत्पादनमा सफलता प्राप्त गरेको छ । यस कार्य सफल गर्नु सगरमाथा चढनु सरहको अनुभव भएको डा। थापाले प्रतिक्रिया दिए । अविरल र अथक प्रयासपछि पाएको यस सफलताले विधिवत् रुपमा हाइड्रोजन युगमा नेपाललाई प्रवेश गराएको उनको भनाइ छ ।

अब औपचारिक रुपमा कार्यक्रम गरेर यस रिफिल स्टेसनको उद्घाटन गर्ने उनले बताएका छन् । साथै अब हाइड्रोजनको व्यावसायिक प्रयोगमा जोड दिने र त्यसका लागि आवश्यक पर्ने नीति निर्माणका काममा सरकारलाई घच्घचाउने उनले उल्लेख गरे ।

विश्वविद्यालयमा स्थापना गरिएको हाइड्रोजन रिफिलिङ स्टेसनबाट उत्पादन भएको हाइड्रोजन आज कारमा राखिएको हो । स्टेसनको सफल परीक्षण भएसँगै नेपालमै उत्पादित ग्रिन हाइड्रोजनबाट पहिलो पटक कार गुड्न सफल भएको हो । थापाका अनुसार ग्रिन हाइड्रोजनबाट चल्ने कार अन्य कारभन्दा छुट्टै हुन्छ । अध्ययन अनुसार ७ किलो ग्रिन हाइड्रोजनले १५र२० टन भार बोकेका ठूला सवारीसाधनले १ हजार २ सय किलोमिटरसम्म दुरी पार गरेको देखिएको छ ।

यसले नेपालजस्तो भूगोलमा समेत हाइड्रोजनको व्यावसायिक सम्भावना अधिक देखिएको छ । ईभीले पेट्रोलबाट चल्ने गाडी विस्थापित गर्ने र ग्रिन हाइड्रोजनले डिजेल विस्थापित गर्न सक्ने उनको भनाइ छ । यसले पर्यावरण संरक्षणसँगै नेपालजस्ता मुलुकले स्वदेशी उत्पादनबाट सवारीसाधन चलाउन सक्ने उनको भनाइ छ ।यस परीक्षणमा प्रा।डा। थापासँगै आधा दर्जन अनुसन्धानकर्ता निरन्तर खटिएका थिए । उक्त क्रममा कोरियामा एक महिना बसेर अध्ययन गरिएको उनले जानकारी दिए । यसअघि केयूस्थित ल्याबमा खाना पकाउने ग्यासका रूपमा हाइड्रोजनको सफल परीक्षण भइसकेको छ । गत भदौमा सफल परीक्षण भएको ग्यासबाट ७ मिनेटमा चाउचाउ ९खाजा० पकाइएको थियो ।

नेपाल इनर्जी फाउन्डेसनको नेतृत्वमा केयू, बेलायतको इनर्जी क्याटलिस्ट कार्यक्रम र लुसर्न स्कुल अफ इन्जिनियरिङको सहयोगमा उक्त परीक्षण गरिएको थियो । परीक्षणको उद्देश्य कोइला र डिजेल विस्थापन गरी उद्योगहरूमा ग्रिन हाइड्रोजन प्रयोग गर्न सकिन्छ भन्ने तथ्य पुष्टि गर्नु रहेको उनको भनाइ छ ।

TOP