Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

न्युयोर्कमा २ बर्षका बालकमाथि गोली प्रहार

न्युयोर्कमा २ वर्षका बालकमाथि गोली प्रहार भएको छ । शनिबार ब्रोन्क्समा गोली चल्दा एक २ वर्षीय बालकलाई चोट लागेको हो ।

बालकलाई दिउँसो १ बजेर ४५ मिनेटमा इस्ट फोर्डहम रोड र ग्रान्ड कन्कोर्समा दाहिने नितम्बमा चोट लागेको थियो । बालकको स्थिर अवस्थामा ज्याकोबी मेडिकल सेन्टरमा उपचार भइरहेको अधिकारीहरूले बताएका छन् । प्रत्यक्षदर्शीहरुले ६ राउण्ड गोली चलेको आवाज सुनेको बताएका छन् । त्यसपछि उक्त क्षेत्रमा भागदौड मच्चिएको थियो । प्रत्यक्षदर्शीहरुले तीन अपराधीहरू दौडिरहेको देखेको बताएका छन् । त्यसपछि बालकलाई भुईमा लडेको अवस्थामा फेला पारिएको थियो ।

मेयर एरिक घटना स्थलको संक्षिप्त सर्वेक्षण गरेका थिए भने अनुसन्धानकर्ताहरुसँग कुराकानी गरेका थिए । शनिबार ढिलोसम्म प्रहरीले गोली चलाउनुको कारणबारे अनुसन्धान गरिरहेको थियो । प्रहरीले घटनामा संलग्न भएको आशंका ३० बर्षका व्यक्तिलाई खोजिरहेको छ । संदिग्ध अन्तिम पटक क्रिसेन्ट एभिन्यूमा उत्तरतर्फ दौडिरहेको देखिएको थियो । प्रहरीले घटनास्थलबाट धेरै शेल क्यासिङहरू बरामद गरेको छ ।

गोलीकाण्ड क्यापिटल वान बैंकको अगाडि भएको प्रहरीले बताएका छन् । बन्दुकको गोली लागेर टीडी बैंकको सडकको सिसा पनि चकनाचुर भएको थियो । क्रस फायरमा बालक घाइते भएको वा घटनामा धेरैजना व्यक्ति संलग्न भए नभएकोबारे निक्यौल गर्न अनुसन्धान भइरहेको छ ।

TOP