अर्भिंग एभरेष्ट तथा कमल शर्मा फाउण्डेशद्वारा आयोजित क्यान्सर सचेतना कार्यक्रम सम्पन्न

अमिङ्ग एभरेष्ट सेण्टेनियल लायन्स क्लव र कमल शर्मा फाउण्डेशद्वारा आयोजित क्यान्सर सचेतना कार्यक्रम सम्पन्न भएको छ । फ्लावर माउण्डको वेलिङ्गटन कम्युनिटी हलमा शनिबार भएको कार्यक्रममा बच्चाहरु, वयस्क तथा वृद्धहरुलाई कसरी, कुन उमेरमा क्यान्सर लाग्छ । कसरी बच्न सकिन्छ र क्यान्सर भइहालेमा कसरी बँच्ने र सहुलियत रूपमा औषधोपचार गर्ने बारेमा अन्तरक्रिया भएको थियो । कार्यक्रमको सुरुमा लायन्स डिस्ट्रीक २ – एक्स वन की संयोजक डा. विष्णुमाया उपाध्यायले बच्चाहरुको क्यान्सर रोग वारेमा बताएकी थिइन् । त्यसैगरी कार्यक्रमको अर्को चरणमा डा. विनिता खरेल नेपाल, डा. विष्णुमाया उपाध्याय , फार्माशिष्ट डा. लक्ष्मण वाग्ले र पार्कल्यण्ड हेल्थकी निर्मला लामिछाने आर।एन।, बि एस.एन ले क्यान्सर रोग वारेका विविध प्रश्नहरुमा उत्तर गर्दै दर्शकका प्रश्नहरुको पनि उत्तर दिएका थिए ।
अर्को रहस्यमय र क्यानसरको वास्तविकता महशुस गर्दै गरेका दूई नेपाली विद्यार्थी महिलाहरुले पनि आफ्ना कुरा दर्शक सामु राख्दा सबै दर्शकहरु भावुक बनेका थिए । कार्यक्रममा क्लवले संचालन गरेको फण्ड रेज र फण्ड रेजको लागि संचालन गरको राफल चिठ्ठाको नतिजा पनि प्रकाशन गरिएको थियो ।
नतिजा प्रकाशनको लागि लायन्स डिष्ट्रीक २ एक्स वनका गर्भनर प्रकाश गौतम , पूर्व डिष्ट्रीक गर्भनर इस्मेरेल्डा रोड्रिगेज, फस्ट डिष्ट्रिक गर्भनर राधाकृष्ण काफ्ले, जोन चियर सुरेश वस्याल लगायत विभिन्न कल्बका सभापतिहरु, कार्यक्रममा सहभागी चिकित्सकहरु, एच.डि. एन. पि. इण्टरनेशनलका चेयरमेन देवी डेभिड आचार्य आदिको उपस्थिति थियो । त्यसैगरी कमल शर्मा फाण्डेसनकी सरिता शर्मा आचार्य, आमन्त्रीत प्रकृति पाण्डे , दिक्षा वस्याल, अरमिङ्ग एभरेष्ट सेण्टेनियल लायन्स कल्बका डाइरेक्टर तथा एन। आर। एन। ए। टेक्सास समापति दिपेन्द्र गुरागाई, एन. आर. एन. ए. अमेरिका कोषाधक्ष तथा क्ल्वका तत्वकालिन समापति सरोज सिग्देल, ड्यालास वुद्ध लायन्स कल्बका सभापति डा. ओम थापा, अरमिङ्ग एमरेष्ट सेण्टेनियलका संस्थापक सभापति गौरव न्यौपाने, ड्यालस हेल्थ लायन्स कल्बका सभापति सि.पि.ए. विलास उपाध्यापको समेत उपस्थित थियो।
कार्य्रकमको सुरुवात क्ल्वका सभापति राजेन्द्र कुंबरले गरेका थिए । त्यसैगरी पूर्व डिष्ट्रीक गर्भनर इम्मेरेल्डा रोड्रिगेजले इन्भोकेसन र प्रथम भाइस डिस्ट्रीक गर्भनर राधाकृष्ण काफ्लेले प्लेज अफ एलिजेन्स गरेका थिए । कार्यक्रमको अन्त्यमा क्यानसर अवाएरनेस कार्यक्रमका प्रस्तोता हरुलाई टोकन अफ लभ वितरण गर्दै पूर्व तत्वकालिन समापति सरोज सिग्देलले उपस्थित व्यतिहरुलाई धन्यवाद व्यक्त गरेका थिए । लक्की ड्र का निम्न विजेताहरु लाई गर्भनर लगाएतका समाजका अगुवाहरूले चिठ्ठावाट छानी विजयी घोषणा गरेका थिए ।