Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

उत्तर कोरियाले विश्वकप छनौटको खेल स्थगित गरेपछि जापान विजेता घोषित

विश्वकप छनौट अन्तर्गत जापान र उत्तर कोरियाबीचको खेल स्थगित भएपछि जापानलाई विजेता घोषणा गरिएको छ । उत्तर कोरियाको प्योङयाङमा गत मंगलबार हुनुपर्ने यो खेल उत्तर कोरियाले अन्तिम समयमा खेल स्थगित गरेको थियो । तर, उत्तर कोरियाले खेल रद्द गर्नुको कुनै कारण भने दिएको थिएन ।

खेल स्थगित भएपछि विश्व फुटबलको सञ्चालक निकाय फिफाले जापानलाई यो खेलमा ३-० ले विजेता घोषित गरेको छ । एशिया विश्वकप छनौटको समुह बी मा रहेको जापान ९ अंकसहित शिर्ष स्थानमा रहेको छ भने यस समुहमा रहेको सिरिया ४ खेलमा ७ अंकसहित दोस्रो, उत्तर कोरिया ३ खेलमा ३ अंकसहित तेस्रो र म्यान्मार ४ खेलमा एक अंकसहित चौथो स्थानमा रहेका छन् ।

TOP