Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

मेरिल्याण्ड आध्यात्मिक महोत्सवमा नरेश केसीले दिए यति धेरै चन्दा

अमेरिकाको बाल्टिमोरमा शुरु भएको मेरिल्याण्ड आध्यात्मिक महोत्सवमा समाजसेवी नरेश केसीले ७० हजार डलर चन्दा सहयोग गरेका छन् ।

अमेरिकाको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरमा शुरु भएको मेरिल्याण्ड आध्यात्मिक महोत्सवमा बाल्टिमोर निवासी समाजसेवी नरेश केसीले उक्त चन्दा दिएका हुन् । मार्च ३० शनिबार देखि अप्रिल ६ सम्म प्रारम्भ भएको आध्यात्मिक महोत्सवमा उनले मन्दिर निमार्णका लागि सहयोग गरेका हुन । उनले यसअघि पनि हिन्दु बुद्ध मन्दिरलाई ५५ हजार डलर दान दिएका थिए । मन्दिरलाई कूल १२५ हजार डलर दिने केसी अहिले सम्म कै सर्वाधिक उच्च चन्दा दिने व्यक्ति भएका छन ।

उनले वाचन प्रवीण दीनबन्धु पोखरेलले आज देखि सुरु भएको श्रीमद भागवत ज्ञान महायज्ञमा बारे भागवत बारेमा मात्र प्रकाश पार्दै गर्दा केसीले बीचमै ७० हजार डलरको घोषणा गरेका हुन् । आज सुरुवात भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा अन्य साना साना चन्दा संकलन भएता पनि ठूला चन्दाको सुरुवात भोली देखि ब्यापक रुपमा हुनेछ । मेरिल्याण्ड आध्यात्मिक महोत्सवमा अद्वितीय रुपमा कलश यात्रा सम्पन्न गरिएको छ। सप्ताह महापुराणमा ५०१ वटा कलश सबै समुदायले १०१ डलर तिरेर आफै सुरक्षित गरेका छन् । मन्दिरको प्रवचन कक्ष नजिक सजावट गरि कलश नै राख्ने अभिप्रायले निर्माण गरिएको स्थलमा कलश यात्रा पछि सोही स्थानमा ७ दिन सम्मको लागि राखिएको छ ।

कलश यात्रा पछि औपचारिक कार्यक्रम गरिएको थियो । उक्त औपचारिक कार्यक्रममा काउन्टीका बिशेष अतिथि, ललितपुर महानगरका नगर प्रमुख चिरि बाबु महर्जन ,महावाणिज्यदूत प्रेम राजामहत ,वाचन प्रवीण दीनबन्धु पोखरेल,मन्दिरका अध्यक्ष डा श्याम कार्की ,उपाध्यक्ष क्रिस घिमिरेले मन्तब्य राखेका थिए । औपचारिक कार्यक्रम पछि केही समय बिश्राम पश्च्यात ,वाचन प्रवीण दीनबन्धु पोखरेलले भागवतको विशेष मात्र प्रकाश पार्दै भागवत कथा भोली मार्च ३१ देखि सुरु गर्ने श्रद्धालु भक्तजनलाई बताए । आज देखि सुरुवात भएको महापुराणमा बिहानै देखि चहलपहल दिउँसो सम्म रहेको थियो भने अब लगातार ७ दिम सम्म प्रवचन कथा हुने छ । हरेक दिन दिउसो २ बजे देखि कथावाचन हुने भएको छ । नेपालको पुरातात्विक महत्व झल्किने स्वागतद्वार निर्माण गरिएको छ ।

श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा सहभागी हुन हुने भक्तजनहरुका लागि हिन्दु बुद्ध मन्दिर, महायज्ञ ब्यबस्थापन समितिले प्रसाद बितरणको पनि प्रवन्ध गरेको छ । श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको पहिलो दिन दिव्य कलशयात्रा सहित बिभिन्न समुदाय तथा अमेरिकाको मौलिक इन्डियन अमेरिकीहरुको समेत सामूहिक झाँकी रहेको थियो । बिहानै देखि हजारौ सवारीसाधनहरुलाई व्यवस्थित रुपमा राख्ने स्थलको व्यवस्थापन मिलाईएको थियो भने अन्तिम प्रवचन सम्म श्रद्धालु भक्तजनहरुले भजनमा नाचगानमा सहभागिता जनाएका थिए ।

TOP