अमेरिकाको न्यूयोर्कमा सुदूरपश्चिमेलीहरुको धुमधाम होली

अमेरिकाको न्यूयोर्कमा सुदूरपश्चिमेलीहरुले होली पर्व बिभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाएका छन् । नेपालीहरुको बाक्लो बसोबास रहेको न्यूयोर्कमा सुदूरपश्चिमको सँस्कृति झल्किने गरि विभिन्न कार्यक्रमको आयोजना गरि होली पर्ब धुमधामका साथ मनाएका छन्।
सुदूरपश्चिम समाज अमेरिका न्यूयोर्कको आयोजनामा होली बिशेष कार्यक्रम आयोजना गरिएको हो । गत आईतबा। कोरोना पार्कमा आयोजना गरिएको कार्यक्रममा होलीको शुभकामना आदानप्रदान, सुदूरपश्चिमको सँस्कृति झल्किने विविध साँस्कृतिक कार्यक्रमहरू, बालबालिकाहरूका लागि रमाइलो खेलहरू, चिठ्ठाका साथै आकर्षक उपहारहरू र स्वादिष्ट खानका परिकारहरू सहित होली पर्व मनाईको सुदूरपश्चिम समाज अमेरिका, न्यूयोर्कका महासचिव हरि दत्त जोशीले जानकारी दिएका छन् । सो कार्यक्रममा सुदूरपश्चिमको प्रमुख बाजा दाईन दमाहको तालमा नेपालीहरूले लगायत बिदेशीहरूसमेतले छमछमी नाचेर सहभागीता जनाएका थिए।
संस्थाका अध्यक्ष दान सिंह बिस्टको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संस्थाकी महिला सदस्य लक्ष्मी पन्तले गरेकी थिईन् भने संस्थाका उपाध्यक्ष एवं कार्यक्रम संयोजक रैभान महराले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रम सफल बनाउन उपाध्यक्ष रैभान महराको संयोजकत्वमा ७ जना सदस्यहरूको कार्यसमिति गठन गरीएको थियो। संस्थाका पदाधिकारीहरू हरीदत्त जोशी, गणेश बिस्ट, लक्ष्मी पन्त, टेक बहादुर साउद, बिपीन कार्की, र चक्र रावल ज्युले कार्यक्रमको संचालनमा सहयोग गरेका थिए। कार्यक्रममा उपहारको व्यवस्थापनका साथै ब्यानर तथा फ्लायर निर्माणका कार्य संस्थाका बरिस्ठ उपध्यक्ष नवीन ओझा र संस्थाका कोषाध्यक्ष भिम खत्रीले गरेका थिए ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष राम बहादुर देउवा, पूर्व अध्यक्ष गणेश विष्ट, मेरिल्याण्ड राज्य प्रतिनिधि ह्यारी भन्डारी, सुकरानी धनपत (दक्षिण एसियाली समुदायका लागि मेयरको सामुदायिक मामिला इकाई वरिष्ठ सामुदायिक सम्पर्क व्यक्ति), न्यूयोर्क शहरका मेयरका सल्लाहकार नवराज केसी लगायत विभिन्न संघ संस्थाका अध्यक्ष र संघ संस्थाका प्रतिनिधिहरू र नेपाली समुदायका दाजुभाई दिदी बहिनीहरू, आमाबुबाहरू लगायत विदेशी समुदायका व्यक्तिहरूको पनि विशाल उपस्थिति थियो।
आयोजकले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने संस्थापक अध्यक्ष दिलेंद्र रावल, पूर्व अध्यक्ष ममता जोशी, बर्तमान सल्लाहकार टेक बम तथा पूर्व सल्लाहकारहरू राजेश भट्ट, जीवन बम, हरिश हमाल, उपेन्द्र भट्ट, मोहन सिंह बिस्ट, आनन्द बिस्ट, सरोज कार्की, र निर्प बिस्ट लगायत प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने र कार्यक्रम सहभागी हुने सबैमा धन्यवाद समेत ज्ञापन गरेका छन् ।






