होली बिशेष कार्यक्रम आयोजना गर्दै अमेरिका मधेशी समाज टेक्सस च्याप्टर
हाम्रो कला,संस्कार र संस्कृति नै हाम्रो परिचय भन्ने मूल नारा सहित अमेरिका मधेशी समाज टेक्सास च्याप्टरले गर्ने लागेको होली बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ । यहि मार्च २३ तारिख शनिवारको दिन Trawick Pavillion Grapevineमा होली बिशेष कार्यक्रम आयोजना गरिएको हो ।
बिहान ११ बजे देखि वेलुका ४ बजे सम्म संचालन हुने कार्यक्रममा मौलिक कला,संस्कार र संस्कृति कार्यक्रम समेत आयोजना गरिएको च्याप्टरका अध्यक्ष रामबाबु गुप्ताले जानकारी दिएका छन् । कार्यक्रममा विभिन्न किसिमको तराई, मधेशका सांस्कृतीक महत्वका विशेष नाच तथा बिभिन्न मनोरन्जनात्मक खेल र साङ्गितिक प्रस्तुती रहने जनाईएको छ ।
कार्यक्रममा सहभागीलाई खाजा र खानाको समेत ब्यवस्था मिलाईएको छ । च्याप्टरले कार्यक्रममा सहभागीताका लागी डालसमा बस्ने सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनीलाई अनुरोध समेत गरेको छ ।