Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

खराब वायु प्रदूषणको सूचीमा नेपाल आठौं नम्बरमा

विश्वले प्रगती गरेका कुनै पनि सुचकको तथ्याकं हेर्ने हो भने नेपालको नाम अत्तिम तिर हुन्छ । कतिपय तथ्याकमा त नेपालको नाम नै हुदैनन् । तर हाल सालैको एक प्रतिवेदनमा नेपालको नाम र्शिष स्थानमा छ । नेपाल हावाको गुणस्तर सबैभन्दा खराब भएको देशहरूको सूचीको शीर्ष आठौँ स्थानमा परेको छ । स्विट्जरल्यान्डस्थित वायुको गुणस्तर मापनसम्बन्धी प्राविधिक कम्पनी आईक्यू एयरले आज जारी गरेको छैटौं विश्व वायु गुणस्तर प्रतिवेदनले यस्तो देखाएको हो ।

सूचीको शीर्ष स्थानमा बंगलादेश रहेको छ । हावामा प्रदूषणको कणको हिसाबले बंगलादेशको हावा सबैभन्दा खराब छ। त्यसपछि क्रमशः छिमेकी मुलुक पाकिस्तान र भारत रहेका छन् । रिपोर्टका अनुसार दिल्ली लगातार चौथो पटक विश्वको सबैभन्दा प्रदूषित राजधानी मानिएको छ । चौथो स्थानमा तजिकस्तान, पाँचौँ स्थानमा बुर्किना फासो, छैटौँ स्थानमा इराक र सातौँ स्थानमा यूएई रहेका छन् । नवौँ स्थानमा इजिप्ट रहँदा दशौँ स्थानमा डेमोक्रिटक रिपब्लिक अफ कङ्गो रहेको छ । चीन १९ औँ स्थानमा रहँदा अमेरिका १ सय २ औँ स्थानमा छ ।

विश्वका केवल सातवटा देशमा मात्रै वायुको गुणस्तर स्वस्थ अर्थात् विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभित्र पाइएको छ । विश्वका सर्वाधिक प्रदूषित सहरमध्ये चार त भारतकै छन् । तिनमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा कैयौं गुणा बढी प्रदूषण पाइएको जनाइएको छ । भारत बिहारको बेगुसराय सहर वर्ष २०२३ को सबैभन्दा बढी प्रदूषित महानगरका रुपमा देखिएको छ । राजधानी दिल्ली गुवाहटीपछि विश्वको तेस्रो सर्वाधिक प्रदूषित सहर बनेको छ ।

बेगुसरायको वायुमा ‘पीएम टु प्वाइन्ट फाइभ’ को सघनता विश्व स्वास्थ्य संगठनले तोकेको गाइडलाइनभन्दा २३ गुणा बढी अर्थात् ११८.९ ‘माइक्रोग्राम्स प्रतिक्युबिक मिटर’ पाइएको रिपोर्टमा उल्लेख छ । विश्व स्वास्थ्य संगठनले पीएम टु प्वाइन्ट फाइभ कणको मात्रा वार्षिक ५ ‘माइक्रोग्राम प्रति क्युबिक मिटर’ हुनुपर्ने गाइडलाइन तोकेको छ ।

यो अध्ययनले पीएम टु प्वाइन्ट फाइभ भनिने र मानिसको स्वास्थ्यलाई सर्वाधिक हानि पुर्याउने २.५ माइक्रोमिटर आकारका सूक्ष्म कणलाई आधार बनाएको थियो । ती कण फोक्सोमार्फत रक्तप्रवाहमा जान सक्ने र दम, मुटुरोग, क्यान्सर र श्वासप्रश्वाससम्बन्धी अन्य रोग लगाउन सक्ने जनाइएको छ । पीएम टु प्वाइन्ट फाइभको वार्षिक औसत सघनताका आधारमा यो सूची तयार पारिएको हो ।

TOP