Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

ग्रेटर अस्टिन नेपाली सोसाईटीमा लाग्यो चुनाव

टेक्ससको राजधानी अस्टिन वरपर बसोबास गर्ने नेपालीहरुको संस्था ग्रेटर अस्टिन नेपाली सोसाईटी (ग्यान्स) को अधिवेशन अप्रिल २१ मा हुने भएको छ । अधिवेशनको मिति नजिकिएसँगैं सोसाईटीको सदस्यता अभियान पनि तिव्र गतिमा अघि बढेको छ । सदस्यता बन्ने प्रक्रिया सधैं भरी खुल्ला रहने भएपनि अधिवेशनका संघारमा सदस्यता अभियानले गति लिने गर्दछ ।


अधिवेशन हुने भएकाले अप्रिल १७ सम्म सदस्यता लिन सकिने र उक्त समयभित्र सदस्यता प्राप्त गरेकाले निर्वाचन प्रक्रियामा भाग लिन सक्ने निर्वाचन समितिले जनाएको छ । सोसाईटीको पाँचौं अधिवेशनमा यस पटक नेतृत्वका लागि कृष्ण जिसी र बिदुर खतिवडाको नाम चर्चामा रहेको छ । जिसी वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष छन् भने खतिवडा वर्तमान कार्यसमितिको महासचिव हुन् ।


सोसाईटीमा हाल भोजराज भट्टको नेतृत्व रहेको छ । भट्टको यो दोस्रो कार्यकाल हो । भट्टको नेतृत्व कालमै सोसाईटीका पूर्व अध्यक्ष गेहेन्द्र केसीको संयोजकत्व र पूर्व अध्यक्ष देवराज न्यौपानेको सहसंयोजकत्वमा ग्रेटर अस्टिन नेपाली सामुदायिक तथा आध्यात्मिक केन्द्र संचालक समिति निर्माण गरी समुदायको सहयोगमा सामुदायिक केन्द्र र पशुपतिनाथ मन्दिर निर्माण तथा संचालन भैरहेको छ ।


सोसाईटीको आसन्न अधिवेशनमा विभिन्न पदमा उठ्न चाहनेहरुले पनि आफ्नो उम्मेद्वारीको चर्चा अघि बढाएका छन् । सोसाईटीको महासचिवमा प्रदिप चौलागााईले आंकाक्षा देखाएका छन् भने कोषाध्यक्षमा विक्रम थापाले उम्मेद्वार बन्ने चाहना देखाएका छन् । स्रोतका अनुसार जिसी, चौलागाई र थापाले सहकार्य गर्ने तयारी गरेका छन् उता, खतिवडाले पनि आफ्नो उम्मेद्वारीको घोषणा मन्दिर उद्घाटनकै दिन गरेका थिए र उनी पनि आफ्नो टिम निर्माण बारे सर सल्लाहमा रहेका छन् ।

TOP