Trending
युएस खबर संवाददातास्पेनमा बाढी : मृत्यु हुनेको संख्या २०० पुग्यो युएस खबर संवाददातारूसलाई सघाएको आरोपमा १९ भारतीय कम्पनीलाई अमेरिकाको प्रतिबन्ध युएस खबर संवाददाताएक सातापछि काठमाडौँसहित देशैभर चिसो बढ्ने युएस खबर संवाददातानेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउँछ : प्रधानमन्त्री ओली युएस खबर संवाददाताराष्ट्रपति पौडेलद्वारा गाई पूजा युएस खबर संवाददातास्पेनको ह्युल्भामा लगातार १२ घण्टा भारी वर्षा हुने चेतावनी युएस खबर संवाददातासगमारथा क्षेत्रमा लडेर घाइते भएका जापानी नागरिकको उद्धार युएस खबर संवाददातालक्ष्मीपूजाको दिन विद्युतको माग गत वर्षभन्दा एक सय ६४ मेगावाट बढी

श्रीमान् गुमाएकी लौटि थारुलाई अमेरिकाबाट लिल बहादुरको सहयोग 

गत भाद्र महिनामा मोटरसाइकल दुर्घटनामा परि लौटि थारुका श्रीमानको ज्यान गयो । साहरा दिने एक मात्र श्रीमानले सन्सारै छाडेर गएपछि लौटिलाई बज्रपात नै पर्‍यो । घर खर्च देखि सबै खर्च बेहोर्ने श्रीमान् नहुँदा लौटी थारुको जीवन कष्टकर बन्दै गएको छ । आफू बेरोजगार त्यसैमाथि बिरामी । ज्याला मजदुर गर्न नसक्ने अवस्थामा रहेकी थारुलाई आफू सगैं रहेका दुई छोरा छोरी हुर्काउन र पढाउन मुस्किल पर्दै गएको भिडियो सामाग्री खबरगन्ज मिडियाले प्रसारण गरेपछि हाल अमेरिका रहने बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँ निवासी लिल बहादुर थापाले तत्कालै उक्त परिवारको लागि राहत सामग्री प्रदान गरेका हुन । थापाले एक वर्ष सम्म पुग्ने गरी थारुको परिवारका लागि राहत सामग्री प्रदान गरे । चामल, चिनी, दाल, चिया पत्ति, नुन, तेल, चाउचाउ, चिउरा, मसला, साबुन, सरफ, सेम्फु, मन्जन ब्रस, अण्डा, बिस्कुट, भुजा, पिठो, हार्पिक, कापी, कलम, आलु, प्याज लगायतका सामाग्री प्रदान गरिएको थियो । लौटि थारुका छोरा बिरामी रहेको थाह पाएपछि उपचारका लागि नगद ५ हजार समेत प्रदान गरे ।

खबरगन्जका प्रबन्ध निर्देशक खगेन्द्र दाहालले थापाले पठाएको राहत सामाग्री प्रदान गरेका हुन । बिहीबार खबरगन्जले भिडियो सामग्री आफ्नो पेज र युटुवमा राखेपछि वरिष्ठ समाजसेवी लिल बहादुर थापाले भोली पल्टै राहत सामग्री लौटिको घरमा पुगाउन मिडियामार्फत समन्वय गरेका थिए । एक दिन सामाग्री सङ्कलन गर्न समय लागेर अर्को दिन शनिवार बिहान नेपालगन्ज उप महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजाललाई प्रत्यक्ष उपस्थित गराई राहत हस्तान्तरण गरिएको थियो । राहत हस्तान्तरण गर्दा नेपालगन्ज ग्यालरीका संस्थापक तथा वरिष्ठ सञ्चारकर्मी समिरमान श्रेष्ठ, वडा सदस्य, पत्रकार विरेन्द्र जैसी, प्रदिप राजवंशी, तिलक गाहामगर, विनोद गौतम लगायत छरछिमेकीहरुको उपस्थिति रहेको थियो । लौटी थारुको जीवन सहज बनाउन वडा पालिकाले सक्दो पहल गर्ने वडाध्यक्ष रिजालले बताए । वडाध्यक्ष रिजालले आयमूलक कार्यका लागि वडाले सहजिकरण गर्ने प्रतिबद्धता जनाए । घरमा खानका लागि केही नहुँदा छटपटाइरहेकी लौटीको कोठामा वर्षभरी पुग्ने गरी खाद्यान्न लिल बहादुरले पठाएको सुनेपछि गहभरी आशु झार्दै भगवानको स्वरूप नै देखेको बताइन । न देखेको न कहिले चिनेको मान्छेले यसरी सहयोग पठाउँदा आफू अचम्मित परेको लौटिले बताइन् । ‘धेरैलाई गुहार गरे तर लिल बहादुरले मेरो गुहार मेरो पिडा सुनिदिनुभयो धेरै नै आभारी छु ।’

वरिष्ठ समाजसेवी लिल बहादुरले नेपालका धेरै जिल्लामा बेसहारा, दुखी पीडितहरूलाई साहरा दिने राहत प्रदान गर्दै आएका छन् । बाँके जिल्लामा मात्रै दर्जनौँको सङ्ख्यामा उनले केही नहुने बेसहारा, दुखी पीडितको ओठमा मुस्कान ल्याउँदै आएका छन् । घर नभएर फुटपाथमा जीवन गुजार्नेलाई घर समेत बनाइदिएका लिल बहादुरले आफूले कमाएको केही सम्पत्ति सहयोग गर्न पाउँदा खुसी लाग्ने गरेको बताए । लिल बहादुरले अमेरिकामा दैनिक १८ घण्टा बढी काम गर्दै आएका छन् ।

TOP