नेपाललाई हराउँदै नेदरल्यान्ड्सले जित्यो उपाधि

नेपालले आयोजना गरेको त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि नेदरल्यान्ड्सले जितेको छ । घरेलु मैदानमा मंगलबार भएको फाइनलमा घरेलु टोली नेपाललाई ४ विकेटले हराउँदै नेदरल्यान्ड्सले उपाधि जितेको हो । नेपालले दिएको १ सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले ३ बल बाँकी हुँदै ६ विकेट गुमाएर पूरा र्गयो । नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित सिरिजमा नामिबिया भने लिगचरणबाटै बाहिरिएको थियो ।

नेदरल्यान्डसका लागि ओपनर माइकल लेभिटले ५४ रनको अर्धशतकीय इनिङ खेल्दा साइब्रान्ड एंगलब्रेचले ४८ रन बनाए। त्यस्तै, म्याक्स ओड्वाटले २२ रन बनाउँदा विक्रमजित सिंहले २९ रन बनाएका थिए । नेपालका लागि कुशल मल्लले ४ विकेट लिँदा अभिनाश बोहरा र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिएका थिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि आसिफ शेखले ४७ रन बनाउनु सर्वाधिक रह्यो। गुल्सन झाले ३४ रन बनाउँदा कप्तान रोहित पौडेलले २५ रन बनाए। त्यस्तै, कुशल भुर्तेलले २० रन बनाउँदा कुशल मल्लले २६ रन बनाएका थिए ।

नेदरल्यान्ड्सका लागि फ्रेड क्लासेन, टिम भान डेर गुगटेन, माइकल लेभिट र स्याब्रान्ड एनंगलब्रेचले समान २–२ विकेट लिएका थिएका थिए ।

TOP