Trending
युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित युएस खबर संवाददाताधनुषाधाम–१ को अध्यक्षमा माओवादीका केवट विजयी युएस खबर संवाददाताडालसमा तिन नेपाली संस्थाको रक्तदान कार्यक्रम, एकैदिन ११० जनाले गरे रक्तदान युएस खबर संवाददातातेघरी ब्यारेक कैलालीमा सेनाले शुरू गर्यो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम युएस खबर संवाददातानेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा सिफारिस युएस खबर संवाददाताडालसमा आज कबवेभको लाईभ कन्सर्ट

जाँडरक्सी खाने ४० जनालाई दोसल्ला सहित गरियो सम्मान

जाँडरक्सी खानेलाई खोजी खोजी सम्मान गरियो भन्दा अचम्म लाग्ला । हाम्रो समाजमा जाँडरक्सी खाएर होहल्ला गर्दै हिँड्ने मान्छेलाई हेयको दृष्टिले हेरिन्छ, गाली गरिन्छ। प्रहरी चौकीमा नै पुगाइन्छ । जथाभावी जाँडरक्सी खाँदै हिँड्नेको व्यक्तिगत स्वास्थ्य पनि राम्रो हुँदैन। घर परिवार लथालिंग हुन्छ। परिवारमा सधैँ झैझगडा हुन्छ। उनीहरु समाजमा सम्मानित जीवन पनि बाँच्न पाउँदैनन्। ‘जँड्याहा’ उपनामले अपहेलितसमेत हुनुपर्छ। तर, पाल्पाको रिब्दीकोट गाउँपालिकाले भने नियमित जाँडरक्सी खाने गाउँका ४० जनालाई सम्मान गरेको छ।

रिब्दीकोट गाउँपालिकाले बिहीबार पालिकाको सभाहलमा जम्मा गरेर नियमित जाँडरक्सी खाने पालिका क्षेत्रका सात महिला र ३३ पुरुषलाई सम्मान गरेको हो। रिब्दीकोट गाउँपालिकाले रक्सि सेवनको लत बाट बचाउन यो नयाँ तरिका अपनाएको छ । पालिकामा नियमित जाँडरक्सी खाएर आफ्नो स्वास्थ्य, घर परिवार र आर्थिक अवस्था दयनीय अवस्थामा पुगेकाहरुको वडा कार्यालयमार्फत् विवरण संकलन गरिएको थियो ।

कार्यक्रममा सहभागी ४० जनाको जनही ३५ सय रुपैयाँको दरले स्वास्थ्य बिमा पनि गरिएको छ। साथै कार्यक्रममा सहभागीलाई अबिर, माला र खादा पहिर्याएर सम्मान गरिएको छ । कार्यक्रममा सहभागीमध्येबाट ३/४ जनाले मन्तब्यसमेत व्यक्त गरेका थिए। केहीले ‘आजैबाट जाँडरक्सी छाड्छौँ’ भनेर प्रतिवद्धतासमेत जनाएका छन् । कार्यक्रममा सहभागीलाई रक्सीको नियमित सेवनले स्वास्थ्यमा पारिरहेको असरको बारेमा प्रशिक्षण पनि दिइएको थियो । कार्यक्रममा सहभागीलाई जाँडरक्सीको नियमित सेवनले सम्बन्धित व्यक्तिको स्वास्थ्य, बालबालिकाको पढाई, परिवार र समाजमा परिरहेको असरको विषयमा बुझाइएको थियो।

TOP