क्यूआर कोड के हो र यसले कसरी काम गर्छ ?
बढ्दो प्रविकधिको विकाससँगै अधिकांश कामहरु डिजिटल माध्यमहरुमार्फत हुँदैछन् । डिजिटलाइजेसनको युगमा प्रविधिहरुमा उपयोग गर्न सबैले सक्छन् । तर, हाम्रा वरपर रहेका अथवा हामिले दिनहुँ प्रयोग गर्ने डिजिटल समाग्रीहरुबारे थेरैलाई थाहा नहुन सक्छ । त्यस्तै अहिले अधिकांश मानिसहरुले प्रयोग गर्ने क्युआर कोड९क्विक रेस्पोन्स कोड० हो । क्युआर कोड हामिले दिनहुँ दश पटक प्रयोग गर्ने गर्छौ । डिजिटल भुक्तानी प्रणालीको माध्यमका रुपमा परिचित नाम क्युआर कोडले कसरी काम गर्छ भन्नेकुरा थाहा नहुन सक्छ । पछिल्लो समय नेपालमा क्युआर कोड बाट कारोबार निकै बढेको देखिन्छ ।
आखिर के हो त क्युआर कोड र कसरी काम गर्छ ?
क्युआर कोडको पूर्ण रुप क्वीक रिस्पोन्स कोड हो । यो कोड मोबाइल फोनले सजिलै पढ्न सक्छ । यसमा म्याट्रिक्स बारकोडको प्रयोग गरेर स्पेसिङको सिर्जना गरिन्छ । एकचोटि क्युआर कोड स्क्यान गरेपछि त्यहाँबाट कति धेरै जानकारी प्राप्त गर्न सकिन्छ । यसको प्रयोग ठूलो उद्योग, ठूलो व्यवसाय, खुद्रा पसल र अरु थुप्रै ठाउँमा गर्न सकिन्छ । क्युआर कोडले ७ हजार ८९ डिजिट र ४ हजार २ सय ९६ क्यारेक्टर स्टोर गर्न सक्छ जसमा पंकचुएसन मार्क र विशेष क्यारेक्टरहरु पनि पर्छन् ।
क्युआर कोडमा क्षति पुगेतापनि क्युआर कोडको संरचना डेटा कुञ्जीहरूमा त्यसको नक्कलहरू समावेश गरिएको हुन्छ । यसले गर्दा स्क्यानरहरूमा यसको पठन योग्यतालाई असर नगरीकनै ३० प्रतिशत कोड संरचना क्षति पुग्दैन् । सुपरमार्केटहरुमा एकदमै भीड भएर पैसा तिर्ने ठाउँमा लाइन हुन थालेपछि पोइन्ट अफ सेल्स प्रविधिको विकास गरियो । यो बारकोडको एकदमै सुरुवाती भर्सन रहेको थियो । यति गरे तापनि सुपरमार्केटहरुले समस्या समाधान भएन । किनभने सुरुवाती भर्सनमा एक दिशामा कोडिङ गर्न मिल्ने मात्रै व्यवस्था रहेको थियो । त्यस्तै बारकोडले सूचनाको २० अल्फान्युमेरिक क्यारेक्टर मात्रै स्टोर गर्न सक्थ्यो । क्युआर कोडको विस्तृत रुप डिईएएनसो वेब इनकर्पोरेटेडले बनाएको हो । कम्पनीको प्रमुख विकासकर्ता मासाहिरो हाराले यसको विशेष विकास गरेका थिए ।
बारकोडको सिमा थाहा पाएपछि सुपरमार्केटहरुले डिईएएनसो वेब इनकर्पोरेटेडलाई सम्पर्क गरेको थियो । हाराले बारकोडलाई युनीडिरेक्स्नल बाट टु–डी कोडमा परिणत गरिदिएका थिए । यसले गर्दा बारकोडमा अझै धेरै जानकारी राख्न मिल्ने भएको थियो । हाराले क्युआरकोडको आकार वर्गाकार दिने निर्णय गरे किनभने अन्वेषण गर्दा यो सजिलै पत्ता लाग्ने आकार हो भनेर पाइएको थियो ।
वर्गाकारले तेर्सो र ठाडो दुवै तरिकाले जानकारी कोडिङ गर्नलाई पनि मद्दत पु¥यायो । वर्गाकारमा राख्दा क्युआरकोडको जानकारीलाई बारकोडभन्दा १० गुणा चाँडो रिड गर्न मिल्ने भयो । यो सबै अन्वेषणलाई डिईएएनसो वेब इनकर्पोरेटेडले सन् १९९४ मा प्याटेन्ट अधिकार नराखिकनै सार्वजनिक गरेको थियो । यसपछि त क्युआर कोडको प्रयोगकर्ता अत्याधिक संख्याले बढ्दै गएका थिए ।