पल र पुजाको चिसिएको सम्बन्ध बन्यो झन मजबुत, मध्यरातमा दिइन जन्मदिनको भावुक शुभकामना

नायिका पूजा शर्मा र अभिनेता पल शाह नेपाली फिल्ल क्षेत्रको चर्चित जोडीका रुपमा परिचित छन् । नेपाली फिल्म हेर्नेहरुका लागी यी दुई नाम नयाँ भने पक्कै होइन । फिल्मको पर्दा देखि रियल जीवनमा पनि यी दुइको मित्रता निकै राम्रो छ । हरेक सुख दुखमा उनीहरु ले एक अर्का लाई साथ दिदै आएका छन् । आज उनै रियल हिरोको उपनाम पाएका अभिनेता पल शाहलाको जन्म दिन परेको छ । उनको जन्म दिनमा उनकी मित्र पूजा शमाले मध्यरात ठिक १२ः०० बजे भावुक पोष्ट गर्दै जन्मदिनको शुभकामना दिएकी छन् । प्रिय पल, जिन्दगीको गोरेटोमा हामीले सहयात्रा गर्दै गर्दा कैयौँ बाधा आए । कति पटक हामी एकसाथ रोयौँ र कहिले एकसाथ हाँस्यौँ पनि । कुनै पल तिमीसँग म रिसाएँ, कहिले तिमी मसँग रिसायौ । तर, पनि हामीले हाम्रो चोखो मित्रतालाई टुट्न दिएनौँ । आज हाम्रो मित्रता अझै मजबुत भएको छ । तिमी बलियो भएका छौँ ।
तिमीले दर्शकबाट पाएको अथाह प्रेम देख्दा म आफू नै हर्षित भएकी छु । ‘म यस्तो गीत गाउँछु’ बाट सुरु भएको हाम्रो फिल्मी यात्रा ‘म यस्तो गीत गाउँछु २’ हुँदै अझै अगाडि बढ्दैछ । आज तिम्रो विशेष दिनमा म धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु । तिमीले चालेका हरेक कदमले सफलता चुमोस् । जन्मदिनको धेरै धेरै शुभकामना । पुजाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।
हुन त यी दुई जोडीको सम्बन्ध चिसिएको खबरले निकै चर्चा पनि पाएको थियो । । पल शाह जेलबाट निस्किएदेखि झन्डै एक वर्ष सम्म उनीहरुबीच पानी बाराबारको अवस्था थियो । उनको शुभकामना सन्देशले उनीहरुको सम्बन्धमा पुरानै रौनक फर्किएको बुझ्न सकिन्छ । कुनै पल पलसित आफू रिसाए पनि अहिले मित्रता झनै मजबुत भएको पुजाले बताएकी छन् बताएकी छन् ।
पलविरुद्ध बलात्कार मुद्दा परेपछि पूजा उनको पक्षमा खुलेर उत्रिएकी थिइन् । त्यही बेला पल र पूजा अभिनीत चलचित्र ‘म यस्तो गीत गाउँछु २’ हलहरूमा रिलिज भएको थियो । पूजाले पलको तस्बिर अङ्कित टिसर्ट लगाएर हल–हलमा पुगिन् र पललाई सम्झिँदै आँसु झारिन् । तर, उनलाई फिल्म चलाउन रोनाधोना गरेको आरोप लागेको थियो । गत वर्षको जन्मदिनमा पल जेलभित्रै थिए । पूजा केक बोकेर काठमाडौंबाट जेलभित्रै पुगिन् र वर्थ डे सेलिब्रेसन गरिन् ।
पल जेलबाट निस्किएपछि भने पूजा उनलाई भेट्न गइनन् । न पल नै पूजालाई भेट्न गए । उनीहरूको सम्बन्धमा एकाएक दरार आयो । के कारण पूजा पलसित चिढिएकी हुन् कसैले मेसो पाएनन् । यद्यपि, निकटस्थहरूका अनुसार ठूलो कारण केही थिएन । पलले जेलबाट निस्किएपछि आफूलाई भेट्न आउँछन् र आभार व्यक्त गर्छन् भन्ने पूजाको अपेक्षा थियो । तर, पलले पूजालाई वास्तै गरेनन् । एक कल फोनसम्म नगरेपछि उनीहरुको सम्बन्धमा दरार आएको थियो । पूजाको स्टाटसमा पलले पनि जवाफ दिएका छन् । उनले लेखेका छन्, ‘धेरै धन्यवाद प्रिय पूजा ९छाया० तिम्रो न्यानो शुभकामनाका लागि ।’