Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

परिवारका सबै सदस्यको हत्या, ससुरालिमा फोन – ‘सबैलाई मारेँ, अब मर्न जाँदैछु’

काठमाडौंको सीतापाइलामा घटेको विभत्स घटनाले सवैलाई स्तब्ध बनाएको छ । आफ्नै परिवारका ३ जनाको हत्या गरि अन्तिममा आफैले आत्महत्या गरेको घटना निकै रहस्यमय बनेको हो । नागार्जुन नगरपालिका ६ बैराग टोलमा बस्ने राजु घिमिरेले हत्या गरेको भनिएका श्रीमती ईश्वरी श्रेष्ठ, ८ वर्षकी छोरी र साढे २ वर्षकी नातिनीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाको सूचना पाएलगतै प्रहरीले राजुको खोजी गरेको थियो । तर, घरभन्दा केही पर उनको शव भेटिएको हो ।

नागार्जुन–५ सितापाइला हरिसिद्धीकी सुधा तामाङको घरभन्दा केही माथि ढल्किएको रुखमा उनले झुन्डिएर आत्महत्या गरेको शव भेटिएको थियो । उनको शवपनि पोस्टमार्टमका पठाइएको छ । श्रीमतीसहित २ सन्तानको हत्या गरेर श्रीमान्‌ाले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष छ । बुधबार बिहान हत्या गरिएको अवस्थामा उनीहरुको शव भेटिएको थियो । घटनास्थलबाट प्रहरीले ह्यामर फेला पारेको छ ।

प्रहरीका अनुसार राजुले सालोलाई फोन गरेर ‘सबैलाई मारेँ, अब मर्न जाँदैछु’ भनेका थिए । सोलुखुम्बु घर भएका उनीहरू त्यहाँ भुइँतलामा भाडामा बस्दै दैनिक ज्यालादारीमा गुजारा चलाउँदै आएका थिए । बिहान साढे नौ बजेपछि कोठाभित्र शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसको केही समयपछि विक पनि घरभन्दा केही परको जंगलमा झुन्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका हुन । प्रहरी घटनास्थलमा आउँदा उनको मृत्यु भइसकेको थियो । घटनाको तथ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

TOP