एमबाप्पेले गरे रियल मड्रिडसँग पाँच वर्षको सम्झौता, पीएसजीलाई दिए धोका
लामो समयको अन्यौललाई चिर्दै फ्रान्सका प्रभावशाली स्ट्राइकर किलियान एमबाप्पे स्पेनिस ‘पावर हाउस’ रियल मड्रिडमा आबद्ध हुने भएका छन् । २५ वर्षीय एमबाप्पे फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन ९पीएसजी० छाडेर रियल मड्रिड जाने पक्का भएको हो ।
एमबाप्पेले रियल मड्रिडसँग पाँच वर्षको सम्झौता गरेको दी मिररले जनाएको छ । उनी कति रकममा रियल मड्रिडमा आबद्ध भएका हुन् भन्ने विषयमा भने समाचारमा केही खुलाइएको छैन । रियल मड्रिड, पीएसजी र एमबाप्पेले भने हालसम्म यस विषयमा केही बताएका छैनन् ।
एमबाप्पेले यसअघि नै पीएसजीलाई आफूले क्लब छाडन चाहेको बताइसकेका थिए । एमबाप्पे सन् २०१८ मा पीएसजीमा आबद्ध भएका थिए । उनले पीएसजीलाई पाँचपटक फ्रेन्च लिगको उपाधि जिताएका छन् ।
एमबाप्पेले पीएसजीका लागि दुई सय ९० खेल खेल्दै कुल दुई सय ४३ गोल गरेका छन् । पीएसजीसँग एमबाप्पेको सम्झौता जुन ३० तारिखमा सकिँदैछ । रियल मड्रिडका अतिरिक्त इङ्लिस क्लब लिभरपुल र आर्सनलले पनि एमबाप्पेलाई भित्राउन चाहेका थिए ।
विश्वकप विजेता एमबाप्पे पिएसजीका कीर्तिमानी गोलकर्ता हुन्। उनले पिएसजीका लागि २४४ गोल छन्। उनी रियलसँग एक सिजन १५ मिलियन युरो कमाउने र पाँच वर्षमा १५० मिलियन युरो साइनिङ बोनस पाउने गरी पाँच वर्षको सम्झौतामा हस्ताक्षर गर्ने तयारीमा रहेका समचार यस अघि नै बाहिरिएका थिए ।
यदि क्रोएसियाका मिडफिल्डर लुका मोड्रिचले यो सिजन क्लब छाडे भने एमबाप्पेले १० नम्बरको जर्सी पाउनेछन्। एमबाप्पेले २०१७ मा १८ वर्षको उमेरमा पिएसजीमा आबद्ध हुनु अघि मोनाकोबाट फ्रान्सेली लिग उपाधि जितेका थिए। समग्रमा उनले पिएसजीबाट २९१ खेलहरूमा २४४ गोल र ९३ असिस्ट गरेका छन् र क्लबलाई पाँच लिग वा उपाधि जिताउन मद्दत गरेका छन्।