Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

नेपाल परेड तथा भलिवल प्रतियोगिता हुने

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका , क्यालिफोर्निया राज्य च्याप्टर संघको वेष्ट रिजन कमिटि, नेपाल आदिवासी जनजाती महासंघ,क्यालिफोर्नियाको लगायत सानफ्रान्सिस्कोमा सक्रिय संघ संस्थाहरुको संयुक्त आयोजनामा अप्रिल १२ र १३ मा भलिवल प्रतियोगिता आयोजना गरिएको छ ।

भलिवल प्रतियोगिता सँगैं अप्रिल १४ गते नेपाल डे समेत मनाईने र सो अवसरमा नेपाली कला संस्कृति झल्कने झाँकी सहीत परेडको आयोजना गरिने एनआरएनए क्यालिफोर्निया च्याप्टर अध्यक्ष हरी ओझाले जानकारी दिए ।

भलिवल प्रतियोगितामा प्रथम हुने समूहलाई १२ हजार, दोस्रो हुने समूहलाई ७ हजार, तेस्रो हुने समूहलाई ५ हजार र चौथो हुने समूहलाई २ हजार नगद सहीत पुरस्कारको व्यवस्था गरिएको कन्भेनर तथा जनजाती महासंघ,क्यालिफोर्नियाका अध्यक्ष प्रकाश लामाले जानकारी दिएका छन् । साथै आयोजकले सहभागि हुन चाहने टोलीलाई दर्ता गर्न आग्रह गरेका छन् । दर्ता शुल्क ५ सय राखिएको छ ।

TOP