जन्मभूमि हेर्न जाँदा आकाशमै अस्ताएका पूर्व प्रशिक्षक गुरुङ
बक्सिङका पूर्व प्रशिक्षक मदनकुमार गुरुङ आफ्ना साथी तथा सहकर्मीसँग कुरा गर्दा आफ्नो जन्मभूमि अर्थात म्यानमार एकपटक पुगेर फर्किने इच्छा व्यक्त गर्थे। दोस्रो विश्वयुद्धताका उनका बुबा म्यानमारमा युद्ध लडेका थिए। त्यसपछि उनको परिवार उतै रह्यो, उनी पनि म्यानमारमै जन्मिए।
तर पछि गुरुङ नेपाल फर्किए। नेपालमा उनको जिन्दगीको अधिकांस समय बित्यो। रिटायर्ड भएसँगै उनलाई एकपटक आफ्नो जन्मभूमि हेर्ने र आफ्ना दिदी९बहिनीसँग भेट गर्ने रहरले सताउन थालेको निकै भइसकेको थियो। गुरुङले यो पटक म्यानमार जाने आफ्नो सबै योजना बनाए। उनलाई म्यानमारसम्म पुर्याउने र त्यहाँ छोडेर फर्किने उद्देश्यसहित उनको यात्राको साथीका रूपमा थिए प्रदीप तामाङ।
मदनका छोराहरूसँगै हुर्किएका तामाङ उनको परिवारको सदस्यजस्तै नजिक रहेका थिए। प्रशिक्षक गुरुङसँगै बक्सिङ सिकेका उनले आफ्नो गुरुको इच्छा पुरा गर्न उनीसँगै जान तयार भए। ‘म उहाँलाई म्यानमार छाडेर फर्किने भनेर सँगै गएका थियौं। तर दुर्भाग्य उहाँको इच्छा पुरा हुन पाएन, ‘ उनले भने।
नेपालमा बक्सिङको सुरुवाती प्रशिक्षण गराएका गुरुहरूको सूचीमा रहने गरेका गुरुङले आफ्नो प्रशिक्षणमा धेरै खेलाडी जन्माए। उनले एसियाड, सागलगायत खेलमा मेडल दिलाउन आफ्नो जीवनको अधिकासं समय बिताए। तर पछिल्लो केही वर्ष उनलाई ढाडको समस्याले सतायो तर तीन वर्षअघि अप्रेसन गरेपछि उनी अहिले हिँडडुल गर्न सक्षम भएका थिए। तुलनात्मक रूपमा स्वस्थ भएर उनी म्यानमारका लागि उड्ने योजनालाई साकार रूप दिएका थिए।
अन्ततस् म्यानमारमा आफ्नो परिवार र जन्मिएको ठाउँ हेर्न जाने साइत गत १३ माघमा जुर्यो। जसअनुसार गुरुङ तामाङसँगै म्यानमारका लागि त्रिभुवन विमानस्थल लागे। तामाङ भन्छन्, ‘उहाँ स्वस्थ हुनुहुन्थ्यो। उहाँलाई कुनै समस्या थिएन।’
तर थाइ एयरको विमान चढेको केही समयमा नै गुरुङलाई असहज महसुस भयो। त्यो क्षण सम्झँदै तामाङ , ‘प्लेन चढेको १० मिनेटमै हामीलाई खाजा दिएको थियो, खाजा खाँदा९खाँदै असहज महसूस गर्नुभयो। लगतै उहाँ बेहोस हुनु भयो। एयर होस्टेज र हामीले उहाँलाई सिपिआर गर्यौं तर अवस्था ठिक नभएको बताउछन् ।
आकाशमै संधैका लागि बिदा भए मदनबहादुर गुरुङ। बैंकक उडेको विमान चालक दलले ढाकामा इमर्जेन्सी अवतरण गर्यो। विमान उडेको करिब २० मिनेटमै सबै घटना भएको प्रदीप बताउँछन्। ‘विमान चढेको २० मिनेटमै अप्रत्यासित रूपमा सबै थोक भयो, ‘ उनले बताए ।
विभिन्न प्रकिया पूरा गरी गत मंगलबार मात्र उनको पार्थिव शरीर नेपाल ल्याएर अन्त्येष्टि गरियो। इमाडोल बस्दै आएका ६१ वर्षीय स्व। गुरुङका २ छोरा र श्रीमती रहेका छन्। उनका दिदी र बहिनी भने म्यानमारमा रहेका थिए। आफ्नी दिदी र बहिनी पनि बुढाबुढी भएको र एकपटक भेटर फर्किने जन्मभूमिमा रहेका बालसाखा भेटघाट गर्ने उनको सपना आकाशमै बिलायो।
स्व। गुरुङ २०४० सालमा बक्सिङ सहायक प्रशिक्षकका रूपमा राष्ट्रिय खेलकुद परिषद ९राखेप० मा सेवा प्रवेश गरेका थिए। त्यसपछि उनी २०७७ सालमा वरिष्ठ प्रशिक्षकबाट राखेपबाट सेवा निवृत्त भए। उनी नेपालका संस्थापक बक्सिङ प्रशिक्षकमध्ये एक हुन्। उनले नेपालमा बक्सिङको नयाँ अध्याय थप्न अहम भूमिका खेलेका छन्। ३० को दशकमा पूर्व सदस्य सचिव शरद चन्द्र शाह बैंककमा जाँदा गुरुङको खेलबाट प्रभावित भएपछि नेपालमा आउन निम्तो गरेका थिए। त्यसपछि नेपाल आएका गुरुंगले थुप्रै नाम चलेका नेपाली बक्सिङ खेलाडी जन्माउन सफल भएका थिए।