Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

मुस्लिम देश यूएईमा बन्यो पहिलो हिन्दु मन्दिर, मोदीले गरे उदघाटन

मुस्लिम बहुल देश यूएईको राजधानी अबुधाबीमा हिन्दुहरुको पहिलो मन्दिर स्थापना भएको छ । संयुक्त अरब इमिरेट्स ९यूएई०मा निर्माण भएको हिन्दू मन्दिर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका हुन् ।

उनले बुधवार उक्त हिन्दू मन्दिरको उद्घाटन गरेका हुन् । मन्दिरको उद्घाटनबारे अहिले भारत र अन्यत्र पनि चर्चा भइरहेको छ। , यो मन्दिर संयुक्त अरब इमिरेट्समा २७ एकड जमिनमा बनेको छ। यूएईमा भएका सात अमिरातलाई सङ्केत गर्न मन्दिरमा सातवटा शिखर बनाइएको छ।

मन्दिर निर्माणका लागि यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले जग्गा उपलब्ध गराएका हुन्। प्रधानमन्त्री मोदीले यूएईमा उद्घाटन गरेको मन्दिरका मूलपुजारी ब्रह्मविहारीदास स्वामीले दुई देशबीचको सम्बन्ध यसअघि कहिल्यै अहिलेको जस्तो बलियो नभएको बीबीसी हिन्दीलाई बताएका छन्। मन्दिरको उद्घाटन विधिवत् रूपमा गर्न भारतबाट सात पुजारी आबुधाबी गएका थिए।

बुट्टा र विभिन्न सङ्केत कुँदिएका ३०,००० वटा पत्थर प्रयोग गरी मन्दिर बनाइएको छ। ती बुट्टा राजस्थानका झन्डै २५,००० कलाकारले बनाएको बीबीसी हिन्दीले जनाएको छ। विभिन्न धर्मग्रन्थमा वर्णित कथा प्रतिबिम्बित हुने गरी पत्थरमा हात्ती, गाई र मयूरजस्ता जीवका आकृति बनाइएको छ। तिनमा मृग, ऊँट र बाजजस्ता अन्य जीवका आकृति पनि छ।

हिन्दूहरूले पवित्र मान्ने नदी गङ्गा, यमुना र सरस्वतीका प्रतीकका रूपमा मन्दिर परिसरमा तीनवटा पोखरी पनि छन्। उक्त मन्दिरमा यो साता वैश्विक शान्तिका लागि यज्ञसहित विभिन्न धार्मिक गतिविधि गरिएको स्वामीनारायण संस्थाले जनाएको छ। कतिपयले यूएईको उक्त मन्दिरलाई अरब विश्वको पहिलो हिन्दू मन्दिर भनेर पनि प्रचार गरेका छन्। तर यूएईमा पहिलादेखि नै अरू मन्दिर छन्।

मन्दिरको उद्घाटन गर्न प्रधानमन्त्री मोदी आबुधाबी पुगेका बेला दुबईस्थित कार्यरत भारतीय नागरिक श्याम कुमारले बीबीसी हिन्दीसँग भने, “यूएईको पहिलो मन्दिर आबुधाबीमा बनेको होइन। दुबईमा पहिले नै दुईवटा मन्दिर थिए।” उनका अनुसार दुवै मन्दिर दुबईमा थिए तर तिनको आकार मन्दिरको जस्तो थिएन।

सन् २०२२ मा कृष्ण मन्दिर दुबईको जेबेल अलीमा सारिएको थियो। जेबेल अलीमा एउटा चर्च र गुरुद्वारा पनि छन्। त्यहाँ मन्दिरभित्रै गुरुद्वारा छ। यद्यपि उनी आबुधाबीको मन्दिर विशाल र भव्य भएकाले त्यसको विशेष अर्थ रहेको बताउँछन्। उनले दिएको जानकारीअनुसार बाहरेन र ओमनमा पनि हिन्दू मन्दिरहरू छन्।

त्यस्तै दुबईमा ठूलो सङ्ख्यामा जैन धर्मावलम्बी पनि छन्। उनीहरूले आफ्नो घरको भुइँतलामा मन्दिर बनाएका छन्।

TOP