मेसीले हङकङमा मैत्रीपूर्ण खेल नखेलेपछि चीनमा प्रतिबन्ध
हङकङमा आयोजना भएको खेलमा इन्टर मियामीका लागि लियोनेल मेस्सीले नखेलेपछि चीनले आफ्नो देशमा हुन लागेको अर्जेन्टिनाका दुई मैत्रीपूर्ण रद्द गरेको छ । गत आइतबार अर्जेन्टिनाका कप्तानले हङकङ–११ विरुद्धको मैत्रीपूर्ण खेल नखेलेपछि चीनमा रहेका समर्थकहरू उनीबाट रुष्ट बनेका हुन् ।
३६ वर्षीय मेसीले चोटका कारण आफूले सो खेल खेल्न नसकेको स्पष्टीकरण दिए पनि तीन दिनपछि जापानमा भिसेल कोबेविरुद्धको खेलमा भने उनी सब्सटिच्युटका रूपमा खेलेका थिए । यसबाट चीनमा उनको व्यापक आलोचना भइरहेको छ ।
अर्जेन्टिनाले मार्चमा चीनको बेइजिङमा आइभरी कोस्टसँग र हाङझाउमा नाइजेरियासँग खेल्ने तय भएको थियो।
मेसी खेलमा उपलब्ध नभएपछि चीनमा व्यापक आलोचना भएको थियो। यद्यपी मेसी तीन दिन पछि जापानमा भएको भिसेल कोबेविरुद्ध खेलमा बेञ्चमा देखिएका थिए। ुबेइजिङले लियोनेल मेसीले खेल्ने खेलका लागि योजना बनाएको छैन,ु बेइजिङ फुटबल संघले शनिबार भनेको छ।
हाङझाउले शुक्रबार खेल रद्द गर्दा त्यहाँको खेलकुद ब्यूरोले कारण सबैलाई थाहा छ भएको र खेलका लागि शर्तहरु पूरा नभएको बताएको थियो ।
हङकङका फ्यानहरूले इन्टर मायमीका सह९मालिक डेभिड बेकह्यामविरुद्ध नारा लगाउँदै मेसी मैदानमा नआएपछि आफ्नो पैसा फिर्ताको माग गरेका थिए।
त्यसपछि फ्यानहरुलाई खेल आयोजक ट्याटलर एसियाले ५० प्रतिशत रकम फिर्ता दिने वाचा गरेको छ।