Trending
युएस खबर संवाददाताराष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने युएस खबर संवाददातासवारीसाधन पूजा गर्नेको भद्रकालीमा भीड युएस खबर संवाददातासुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध युएस खबर संवाददाता२ मोटरसाइकल आपसमा ठोक्किँदा २४ वर्षीय युवकको मृत्यु युएस खबर संवाददातादुई सातापछि खुल्यो बीपी राजमार्ग : कतै एकतर्फी, कहिं दुईतर्फी युएस खबर संवाददाताहुथी लडाकुहरूले अमेरिकी जहाजलाई बनाए निशाना युएस खबर संवाददाताअमेरिकामा मिल्टन आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो युएस खबर संवाददातावर्षमा एकपटक मात्र खुल्ने तलेजु भवानीको दर्शनका लागि बिहानैदेखि लाइन

अप्रिल २१ मा नेजा स्थापना दिवस मनाईने

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो ‘स्थापना दिवस’ मनाउने भएको छ । संघका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा नेजा कार्यसमितिको जनवरी २०, २०२४ मा सम्पन्न बैठकले ‘अप्रिल २१’ लाई संस्थाको ‘स्थापना दिवस’ का रुपमा मनाउने निर्णय गरेको हो । संस्थाको विशेष दिन अर्थात् ‘स्थापना दिवस’ को मितिलाई सबै दृष्टिकोणबाट उपयुक्त एवं सर्वमान्य बनाउनका लागि वर्तमान कार्समितिले संस्था स्थापनाका आधिकारिक कागजातमार्फत प्राप्त विभिन्न मितिका बारेमा छलफल गरेको थियो ।
यस सम्बन्धमा नेजाका संस्थापक एवं पूर्वअध्यक्षज्यूहरूसँगको परामर्श एवं छलफलबमोजिम अप्रिल २१- २२, २००७ मा अमेरिकाको वासिङटन डीसीमा भएको संघको प्रथम अधिवेशनलाई उपयुक्त आधार मानी सोहीअनुसार कार्यसमितिको संस्थापकरपूर्वअध्यक्ष एवं सल्लाहकारज्यूहरूसँगको संयुक्त बैठकले अप्रिल २१ लाई ‘नेजा दिवस’ मनाउने निर्णय गरेको संघका महासचिव बाबुराम दाहालले प्रेस बिज्ञप्ती मार्फत जानकारी गराएका छन् ।
साथै, ‘अप्रिल २१’ लाई ‘नेजा स्थापना दिवस’ घोषणा गरी कार्यान्वयन गर्ने र सो दिन संस्थाका लागि महत्त्वपूर्ण हुने हुँदा संस्थाको विधानमा समेत समावेश गरेर जाने बैठकबाट निर्णय गरिएको छ ।
साथै, नेजाको स्थापना दिवसको अवसरमा संस्थाको गरिमालाई उच्च बनाउने एवं आमसमुदायको हितअनुकूल विशेष एवम् फलदायी कार्यक्रमको आयोजना गरेर सो दिवस मनाउने नेजाको उद्देश्य रहेको बताईएको छ ।

TOP