Trending
युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित युएस खबर संवाददाताधनुषाधाम–१ को अध्यक्षमा माओवादीका केवट विजयी युएस खबर संवाददाताडालसमा तिन नेपाली संस्थाको रक्तदान कार्यक्रम, एकैदिन ११० जनाले गरे रक्तदान युएस खबर संवाददातातेघरी ब्यारेक कैलालीमा सेनाले शुरू गर्यो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम युएस खबर संवाददातानेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा सिफारिस युएस खबर संवाददाताडालसमा आज कबवेभको लाईभ कन्सर्ट

गोपीकृष्ण सिनेमा हल फागुन १ गते देखि बन्द हुने

वि.सं २०५२ सालदेखि सञ्चालनमा आएको गोपी कृष्ण मुभिजलाई बन्द गर्ने निर्णयमा यसका संचालक पुगेका छन् । फागुनको १ गतेबाट गोपी कृष्ण मुभिज बन्द गर्न लागिएको प्रबन्ध निर्देशक निरक पौडेलले जानकारी दिएका छन् ।

शुक्रवार प्रबन्ध निर्देशक निरक पौडेलद्वारा जारी गरिएको विज्ञप्‍तिमा भनिएको छ –‘कोरोनाको संक्रमण कालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दीका कारण यस प्रा।लि।ले व्यहोर्नु परेको ठूलो आर्थिक घाटा तथा राज्यको विद्यमान कर प्रणालीले गर्दा चलचित्र निर्माण, प्रदर्शन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको यस व्यवसायलाई बन्द गर्नुको पीडा व्यक्त गर्न सकिँदैन ।’

निर्देशक पौडेलले आजसम्म पाएको सहयोगका लागि सबैलाई धन्यवाद समेत दिएका छन् । २ बर्ष अगाडि गोपिकृष्ण मुभिजमा रहेका ७ पर्दामध्ये ४ वटा पर्दा रहेको भवन भत्काइएको थियो ।

अब, बाँकी रहेका ३ वटा हल पनि संचालन गर्न नसकिएको प्रबन्ध निर्देशक पौडेलले जानकारी दिएका छन् । २ बर्षदेखि गोपिकृष्ण मुभिजले ‘ब्लू, ग्रीन र रेड’ नामक दिएर ३ वटा पर्दा संचालन गरिरहेको थियो । २ बर्ष अगाडि गोपिकृष्ण मुभिजको ४ पर्दा रहेका भवन भत्काएर २५ तलाको नयाँ मल बनाउने तयारी गरिएको थियो । तर, अहिलेसम्म यसको काम सुरु हुन सकेको छैन । अब, भने ३ वटा पर्दा पनि संचालन गर्न नसक्ने अवस्थामा गोपिकृष्ण मुभिज पुगेको हो । आजसम्म पाएको सहयोग, सद्भाव र आत्मीयताका लागि प्रा।लि।ले सबैलाई धन्यवाद समेत दिएको छ ।

हल बन्द हुनु हल सञ्चालकका लागि त घाटा हुँदै हो, निर्माताका लागि पनि ठूलो नोक्सानी हो । काठमाडौंको मुटुमै रहेर ब्रान्ड बनिसकेको गोपीकृष्ण हल बन्द हुँदा निर्माताहरुलाई ठूलो नोक्सानी हुने देखिन्छ ।

TOP