एकै बिहान २० जिल्लाका सिडिओलाई गृहमन्त्री खाँडको फोन

गृहमन्त्री बालकृष्ण खाणले २० जिल्लाका प्रमुख जिल्ला अधिकारीसंग फोनबार्ता गरेका छन् । गृहमन्त्री खाणले शनिबार बिहान ओखलढुंगा, गोरखा र रसुवा लगायत २० जिल्लाका प्रमुख जिल्ला अधिकारीसंग फोनवार्ता गरेका हुन् ।

एकै विहान ठुलो संख्यमा जिल्ला प्रमुखलाई फोन गरेका उनले जिल्लामा कोभिड-१९ संक्रमण, शित लहरको अवस्था लगायत बारेमा जानकारी लिनका लागि सम्पर्क गरेको बताईएको छ । फोनवार्तामा उनले सितलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा र दाउरा वितरणबारे चासो राखेका थिए ।

मन्त्री खाँडले यस बिषयमा दिएको जानकारी अनुसार गत मंसिर १ गते रकम खर्च गर्ने अख्तियारीसहित तराईमा शितलहरबाट बच्न र हिमालमा हिमपातबाट बच्न न्यानो कपडा वितरणका लागि निर्देशन पठाएको सरकारको निर्देशनको प्रभावकारी कार्यान्वयन भए नभएबार बुझ्नका लागि फोन गरिएको हो ।

खाँडले कोभिडको जोखिमका कारण भौतिक उपस्थिती जनाउन असम्भव भएकाले फोनवार्ता मार्फत नै जिल्लाको पछिल्लो अवस्थाको बारेमा जानकारी लिनु भएको बताएका छन् ।

TOP