एनसीसी अमेरिका बोर्ड अफ डाईरेक्टर पदमा म्यासचुसेट च्याप्टर सचिव रञ्जन थापाको उमेद्वारी

गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको आशन्न निर्वाचन (२०२१-०२३) का लागि बोर्ड अफ डाईरेक्टर पदमा रञ्जन थापाले आफ्नो उमेद्वारी घोषणा गरेका छन् । म्यासचुसेट च्याप्टर सचिव थापाले आफ्ना महत्वपूर्ण प्रतिवद्धता सहित एनसीसी अमेरिकाको नयाँ कार्यमिती निर्वाचनमा बोर्ड अफ डाईरेक्टर पदका लागि आफ्नो उमेद्वारी सार्वजनिक गरेका हुन् ।

युवाहरुको प्रतिनिधि पात्रका रुपमा आफ्नो उमेद्वारी सार्वजनिक गरेका थापा हेटौंडाका स्थायि बासिन्दा हुन् । २००६ साल देखि परिवार सहित बोस्टन म्यासचुसेट राज्यमा रहँदै आएका उनि पेशाले युवा ब्यवसायि हुन् ।

वर्तमान कार्य समितिमा च्याप्टर सचिब थापा ग्रेटर बोस्टन नेपाली कम्युनिट (जिविएनसी) परिवार: पूर्व बोर्ड सदस्य, पशुपतिनाथ बुद्ध फाऊण्डेशन अफ न्यु-ईङ्ल्याण्ड PABFONE को स्थापना काल देखी नै निरन्तर क्रियाशिल युवा हुन् । ‘बोस्टन सप्ताह २०१७’  १.७ मिलियन आर्थिक आम्दानी हुदा कोषाध्यक्ष तथा बोस्टन सप्ताह मुलसमितिको ब्यबस्थापकका रुपमा समेत काम गरेका उनि हाल पनि पशुपतिनाथ बुद्ध फाऊण्डेशन अफ न्यु-ईङ्ल्याण्ड PABFONE  भवन तथा मन्दिर निर्माण समिति को सदस्य मा रही महत्तो पूर्ण कार्य गर्दै आइरहेका छन् ।

थापाका अनुसार समय सधैं एकैनास हुदैन रहदैन समयलाई चिन्न सकेर हामी सबै मिलि आन्तरिक र राजनैतिक द्वन्दबाट सस्थालाई छुटकारा दिलाउन सके मात्र नेपालीका लागि नेपाली भन्ने मुल नाराले पूर्ण सार्थकता पाउने छ ।

युवा सहभागीताले नै एनआरएनए प्रतिको आम समुदायको गुनासोलाई चिर्न सक्ने बलियो धारणा सहित चुनावी मैदानमा खडा भएका रञ्जन थापाले नेपाली समुदायबाट आफ्नो बिजयी यात्राका लागि साथ र सहयोग रहने अपेक्षा पनि गरेका छन् ।
TOP