Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

नेपालमा कोरोना सँक्रमित ५० हजार नाघे, आज १२४६ जनामा कोरोना

युएस खबर
काठमाडौं, २५ भदौ

नेपालमा कोरोनाबाट सँक्रमितको सँख्या ५० हजार नाघेको छ । आज बिहिबार १ हजार २४६ जनामा कोरोना (कोभिड १९) सँक्रमण पुष्टी भएसँगै नेपालमा हलसम्म सँक्रमितको सँख्या ५० हजार नाघेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहिबार नियमित पत्रकार भेटघाटमा दिएको जानकारी अनुसार अनुसार पछिल्लो २४ घन्टामा देशभरका ल्याबमा गरिएको ११ हजार १४४ जनाको परिक्षणमा १ हजार २४६ जनामा कोरोना पुष्टी भएको छ ।

यो सँगै नेपालमा सँक्रमित ५० हजार जना नाघेको हो । हालसम्म नेपालमा संक्रमितको संख्या ५० हजार ४६५ पुगेको पनि डा. गौतमले बताए ।

स्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ५७२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । काठमाडौंमा मात्रै ४९५ जना संक्रमण देखिएको छ । यो आजसम्मकै सबैभन्दा बढी सँक्रमित सँख्या हो । यस्तै ललितपुरका ४३ र भक्तपुरका ३४ जनामा संक्रमण पुष्टि भएको पनि डा. गौतमले बताए ।

आज विभिन्न जिल्लामा गरी १ हजार ८१८ व्यक्ति कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा संक्रमण मुक्त हुनेको सङ्ख्या ३५ हजार ७०० पुगेका छ । हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या ५ हजार ८०६ जना रहेको पनि डा. गौतमले बताए । नेपालमा आज १४ हजार ४४८ जना आईसोलेसनमा रहेको पनि डा. गौतमले बताए ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको पनि डा. गौतमले बताए । योसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३१७ पुगेको छ ।

TOP