Trending
युएस खबर संवाददाताकाठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी युएस खबर संवाददातारुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु युएस खबर संवाददाताट्रम्पले जेडी भेन्सलाई बनाए उपराष्ट्रपतिको उम्मेदवार युएस खबर संवाददाताकाभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ युएस खबर संवाददाताअमेरिका बस्ने बुढाथोकीको सहयोगमा क्यास एपबाट अबैध कारोबार गर्ने ५ जना पक्राउ युएस खबर संवाददाताचौंथो पटक युरोकप जितेर स्पेनले बनायो विश्व कीर्तिमान युएस खबर संवाददातानवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ युएस खबर संवाददाताकोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

प्रचण्डलाई प्रधानमन्त्री बन्ने कुरा ठुलो नभएकै कारण एकै ठाउँमा छौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनथापाले प्रचण्डलाई प्रधानमन्त्री बन्ने कुरा ठुलो नभएकै कारणले अहिले एकैठाउँमा उभिन सकेको बताएका छन् । आठ दलको गठबन्धनका सांसदहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक इमानदारिताका साथ सबै मिलेर गठबन्धनलाई बचाउने कार्यमा अग्रसर हुन आवश्यक भएको बताए ।

‘अहिले हामी त्यो गल्ती सच्चाएर एकैठाउँमा उभिएका छौं । त्यसैले गर्दा अहिले हाम्रो नेताकार्यकर्ता सबै खुसी हुनुहुन्छ । अहिले जे भइरहेको छ त्यसमा सन्तोष मानेर यो गठबन्धनलाई बचाउनुपर्छ । माओवादीले उपराष्ट्रपति पनि पाउँथ्यो । प्रधानमन्त्री हुने कुरा तलमाथि भए होस् तर जुन उद्देश्यका साथ गठबन्धन बनाएको त्यो पुरा गर्छु भनेर प्रधानमन्त्रीजीले नआँटेको भए यो अवस्थाआउने थिएन ।’उनले चुनावपछि पाँचदलीय गठबन्धन टुट्नुमा ठूलो दल भएको हैसियतले सबैभन्दा धेरै जिम्मेवारी कांग्रेसले लिनुपर्ने भन्दै सबै पाँचवर्ष सहमति अनुसार अगाडी बढ्नु पर्ने बताए ।

TOP