Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

ओलम्पिक अघि चीनमा हुने सबै उडानमा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

एजेन्सी । अमेरिकाले शीतकालीन ओलम्पिकअघि चीनमा हुने सबै उडानमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । अमेरिकाले जनवरी १९ देखि चीनका लागि हुने सबै व्यावसायिक उडानमा प्रतिबन्ध लगाउने तयारी गरेको हो ।

बेइजिङ शीतकालीन ओलम्पिकअघि बेइजिङका लागि कुनै पनि व्यावसायिक उडान नहुने सम्भावना बढेको समाचार संस्था सीएनएनले जनाएको छ । बेइजिङ शीतकालीन ओलम्पिक आउँदो फेब्रुअरी ४ देखि सुरु हुँदैछ । बेइजिङले कोरोना सङक्रमण जोखिमलाई लिएर स्वास्थ्यका मापदण्ड लागू गरेको छ ।

अहिले ओलम्पिकमा सहभागी हुनेहरुले अहिले विशेष उडानहरू लिइरहेका छन् । गएको जुनदेखि चीनको नागरिक उड्डयन प्रशासनले अन्तर्राष्ट्रिय उडानमा ‘सर्किट ब्रेकर’ नियम लागू गरेको छ । ‘सर्किट ब्रेकर’ अनुसार यदि पाँच वा बढी यात्रुले चीनमा अवतरण गर्दा जाँचपछि कोरोना परीक्षण पोजेटिभ देखिए उडान दुई हप्ताका लागि स्वचालित रूपमा निलम्बन हुन्छ । यदि १० वा बढी यात्रुहरूमा पोजेटिभ देखिएमा निलम्बन अवधि त्यसै अनुसार बढ्छ ।

यो नियम चिनियाँ र विदेशी एअरलाइन्स दुवैमा समान रूपमा लागू भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले गएको अगस्टमा बताएका थिए।

TOP