Trending
युएस खबर संवाददाताअमेरिकी राजदूत थम्पसनले दिए परराष्ट्रमन्त्री राणालाई बधाई युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित

जलहरी प्रकरणमा ओलीको टिप्पणी-त्यस्तो बकवास त जँड्याहाले पनि बोल्दैन (भिडियोसहित)

पशुपतिको जलहरी पित्तलको राखिएको एक सांसद्को भनाइमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिवाद गरेका छन् । उनले त्यस्तो बकवास जँड्याहाले समेत नबोल्दै भन्दै टिप्पणी गरेका छन् ।

एमालेले आयोजना गरेको एक कार्यक्रममा उनले भने, ‘आज संसद् अवरोध भइरहेको छ । संसद् अवरुद्ध हुनुपर्छ । कोभिडमा ओषधिको दुई अर्ब खायो । पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरे, भनेर एक जनाले बोले । यस्तो बकवास जँड्याहाले जाँड खाएको तालमा पनि त्यस्तो बोल्दैन । आधारहीन र बकबास संसद्जस्तो गरिमामय ठाउँमा त्यस्तो बोल्न पाइन्छ ।’

उनले बोलेका कुराको पुष्टि हुनुपर्ने बताए । तर, पुष्टि हुने सम्भावना नरहेको उनको भनाइ छ । ‘जसले जीवनभर भ्रष्टाचार विरोधी अभियान चलायो, उसैमाथि आरोप लगाउने यो देशद्रोही काम हो’ उनले भने ।

उनले त्यस्तो बोल्ने मान्छे पनि संसद्मा पुगेको भन्दै उनले आक्रोश पोखे । ‘कुनै सामाजिक मर्यादा नबुझ्ने तत्व संसदमा पुगेका छन्,’ उनले थपे । आफूले जलहरीका लागि रकम मात्रै दिएको उनले बताए। उनले प्रश्न गरे, ‘सुनको कि पित्तल भनेर ट्वाकट्वाक ठोक्ने हो मैले ? मैल त रकम न दिने हो । औषधिमा दुई अर्ब खाको रे, कहाँ खाएँ निक्लेला नि अब ।’

भिडियो:-

 

 

TOP