Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

एकीकृत समाजवादीले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध थप सङ्घर्ष गर्ने

नेकपा (एकीकृत समाजवादी) ले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध थप सङ्घर्षका कार्यक्रम गर्ने भएको छ । सो पार्टीको मोर्चा सङ्गठन विभागको नवौँ बैठकले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध थप आन्दोलनको घोषणा गरेको हो ।

यही जेठ १६ गते दिउँसो ४ बजे भ्रष्टाचार विरुद्ध काठमाडौंको माइतीघर मण्डलामा जुलुससहित नयाँ बानेश्वरमा पुगी सभा गर्ने निर्णय भएको विभागका प्रमुख डा. विजय पौडेलले जानकारी दिए ।

उनका अनुसार सोही दिन देशका ७७ वटै जिल्लामा पनि एकैसाथ विरोध प्रदर्शन, र्याली र कोणसभा गरिने छ ।

सङ्घर्षका लागि मोर्चा सङ्गठनको तर्फबाट पार्टी केन्द्रीय कमिटी, भूगोलका सबै प्रदेश कमिटी, विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटीलाई सहयोगका लागि पार्टीले अनुरोध गर्ने जनाएको छ ।

यसअघि पनि सो पार्टीको मोर्चा सङ्गठन विभागले काठमाडौंसहित देशभर नक्कली भूटानी शरणार्थी प्रकरणमा दोषीमाथि हदैसम्मको सजाय माग गर्दै प्रदर्शन गरेको थियो ।

TOP