Trending
युएस खबर संवाददातास्पेनमा बाढी : मृत्यु हुनेको संख्या २०० पुग्यो युएस खबर संवाददातारूसलाई सघाएको आरोपमा १९ भारतीय कम्पनीलाई अमेरिकाको प्रतिबन्ध युएस खबर संवाददाताएक सातापछि काठमाडौँसहित देशैभर चिसो बढ्ने युएस खबर संवाददातानेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउँछ : प्रधानमन्त्री ओली युएस खबर संवाददाताराष्ट्रपति पौडेलद्वारा गाई पूजा युएस खबर संवाददातास्पेनको ह्युल्भामा लगातार १२ घण्टा भारी वर्षा हुने चेतावनी युएस खबर संवाददातासगमारथा क्षेत्रमा लडेर घाइते भएका जापानी नागरिकको उद्धार युएस खबर संवाददातालक्ष्मीपूजाको दिन विद्युतको माग गत वर्षभन्दा एक सय ६४ मेगावाट बढी

कुटुम्बले नयाँ बर्षको दिन टुँडिखेलमा कन्सर्ट गर्ने

काठमाडौं । नेपाली संगीतप्रेमीहरुको माझ कुटुम्ब ब्याण्ड नाम मात्र हैन एउटा स्थापित ब्राण्ड हो । देश तथा विदेशमा समेत यो ब्याण्डलाई नरुचाउने कमै होलान् । समय र परिस्थिति अनुसारको गीत संगीत प्रस्तुत गरिरहने कुटुम्ब सबैको रुचीको ब्याण्ड हो । यहि ब्याण्डले नयाँ बर्ष २०८० को दिन अर्थात बैशाख १ गते काठाडौंको टुँडिखेलमा आफ्नो कोसेली पस्किने तयारी गरेको छ ।

कुटुम्बले नयाँ बर्षको स्वागत गर्दै नयाँ कोसेली सहित दर्जन बढि गीतहरु प्रस्तुत गर्ने छन् । नेपाली नयाँ बर्षलाई फरक ढंगबाट स्वागत गर्दै बैशाख १ गते ५० हजार भन्दा बढीको उपस्थितमा काठमाडौंको टुँडिखेलमा एकसाथ कुटुम्बको संगीत महोत्सब र अन्य धेरै उत्सब रहने छ । योगा, ध्यान र उत्सब गरी ओशो तपोबनको सहकार्यमा ओम नेपाल मिडियाले ओशो महोत्सब काठमाडौंको टुँडिखेलमा आयोजना गर्न लागेको छ ।
सोही कार्यक्रममा कुटुम्बले आफ्नो नयाँ कोसेली सार्वजनिक गर्ने कार्यक्रम समेत समावेश गरेको हो । बिहान ९ बजेदेखि राति ९ बजेसम्म हुने १२ घण्टाको महोत्सबमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र सन्स्क्रितीका व्यक्तिहरुलाई सुहाउने विविध प्रकारका कार्यक्रमहरु रहने महोत्सब संयोजक भवन भट्ट स्वामीले बताए ।

एक दिने ओशो महोत्सब ध्यान, मेडिटेशन, योगा, गायन, नृत्य, लाईभ म्युजिक, लाफिंङ्ग मेडिटेशन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहशनलगायतको संगालो समारोह हुनेछ ।’ –ओशो तपोबनका प्रवक्ता निराजन भण्डारी स्वामीले भने । महोत्सब निशुल्क अवलोकन गर्न पाइने आयोजकले जनाएको छ । साँझ ५० हजार व्यक्तिले एकसाथ ध्यान र उत्सब गर्ने ओशो तपोबनका कार्यक्रम संयोजक शोबिता सिंखडा माले बताईन् । ओशो महोत्सबको महोत्सब पार्टनरको रुपमा ग्लोबल टुरीजम प्रमोशन काउन्सिल रहेको छ । महोत्सबलाई चलचित्र पत्रकार संघ नेपालले मिडिया संयोजन गर्ने छ ।

TOP