नेपाली समाज सधै एकताबद्ध छ र हुनेछ-हिमालयन डेमोक्रेटिक क्लब
हिमालयन डेमोक्रेटिक क्लवले नेपाली समाज सधै एकताबद्ध रहको र रहीरहने बताएको छ । पछिल्लो समय सामाजिक सञ्जाल लगायतमा देखीएका बिवादका बिषयलाई केन्द्रित गर्दै क्लबले बुधबार निकालेको बिज्ञप्तीमा नेपाली सधै एकताबद्ध रहेको जनाएको छ ।
हिमालयन डेमोक्रेटिक क्लवका अध्यक्ष प्रभात दिक्षितद्धारा जारी गरिएको प्रेस बिज्ञप्तीमा अमेरिकी मूलधारको राजनितीमा नेपालीको उपस्थिती दह्रो हुदै गईरहेको र यसैक्रममा दिनेश शर्माको उम्मेद्वारी आएकाले सबैको सहयोग आवश्यक रहेको जनाईएको छ । पछिल्लो समय समाजमा फाटो ल्याउने खालका टिकाटीप्पणी आइरहेको र क्लवको समेत ध्यानाकर्षण भएको विज्ञप्तीमा जनाईएको छ । गत बर्ष युलेस सिटी काउन्सीलमा टिका पौडेललाई बिजयी बनाएर समुदायले एकता उत्कृष्ट उदाहरण देखाएको र अव दिनेश शर्माको तल्लो सदनको प्रबेशको यात्रामा समेत उदाहरण पेश गर्ने समय आएको बताईएको छ ।
बिज्ञप्तीमा हामी सबै एसियन आप्रबासी एकै अंग हौ, एसीयाका हरेक धर्मसम्प्रदाय, जातजाती तथा भाषाभाषीसंग भाइचाराको सम्वन्ध कायम गरेरनै अमेरिकी मुल राजनितीमा आफ्नो सशक्त उपस्थिती देखाउन सकिने जनाइएको छ । क्लवले एकताको पक्षमा उभिने सबै प्रती आभार समेत ब्यक्त गरेको छ ।