Trending
युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित युएस खबर संवाददाताधनुषाधाम–१ को अध्यक्षमा माओवादीका केवट विजयी युएस खबर संवाददाताडालसमा तिन नेपाली संस्थाको रक्तदान कार्यक्रम, एकैदिन ११० जनाले गरे रक्तदान युएस खबर संवाददातातेघरी ब्यारेक कैलालीमा सेनाले शुरू गर्यो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम युएस खबर संवाददातानेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा सिफारिस युएस खबर संवाददाताडालसमा आज कबवेभको लाईभ कन्सर्ट

अवानी सिंहको बुटिक उद्घाटनका लागि अभिनेत्री दिपाश्री टेक्सासमा

 हाँस्य कलाकार, अभिनेत्री तथा चलचित्र निर्देशक दिपाश्री निरौला अमेरिकाको टेक्सास आएकी छन् । यूलेसबाट संचालनमा आएको आवरण बुटिकको उद्घाटनमा लागि अभिनेत्री निरौला टेक्सास आएकी हुन् ।

फेसन डिजाइनर अवानीसिंह ठकुरीले खोलेको यस बुटिकको उद्घाटनका लागि टेक्सास आएकी अभिनेत्री निरौला केही दिन यता अमेरिकामा नै छिन्। अमेरिका आएको मौकामा आफ्नी सहकर्मी आवानीको निमन्त्रणामा उनि टेक्सास आएकी हुन् । यस अघि पनि उनले अवानीले डिजाईन गरेका पहिरन लगाउँदै आएकी थिईन् ।

छक्का पञ्जा जस्तो चर्चित चलचित्र निर्देशन र मुन्द्रेको कमेडी क्लबमा समेत मुख्य भुमिकामा रहेर काम गरी सकेकी निरौलाले अवानी आफ्नो घनिष्ट मित्र रहेको पनि बताएकी छन् । आईतबार उद्घाटन भएको बुटिकको ओपनिगं समारोहमा हाल ड्यालसमा बस्दै आएकी नायिका अशिष्मा नकर्मी र नायक सुधांशु जोशी,सुरेश दपर्ण पोखरेलको पनि उपस्थिती रहेको थियो ।

दिपा र अशिष्माले उद्घाटन गरेको बुटिकमा बिभिन्न आकर्षक डिजाईनमा पोषाक उपलव्ध छन् । बुटिक उद्घाटनकै लागि मात्र टेक्सास आएकी भएपनि अभिनेत्री निरौलाको उपस्थितीलाई यहाँ रहेका नेपालीले सप्रेम स्वागत गरेका थिए । उनि स्वयंलाई पनि टेक्सासमा नेपाली बाहुल्यता रहेको र आफुलाई हार्दिकतापूर्वक स्वागत गरेकोमा खुशी लागेको प्रतिकृया दिएकी छन् ।

ठुलो संख्यामा बुटिक उद्घाटन समारोहमा उपस्थित नेपालीहरुले उनिसंग फोटो खिचाउनुका साथै उनि अभिनित चलचित्रको प्रशंसा गरेका थिए । युरोपको अस्टेलियाबाट फेसन डिजाइनिङको अध्ययन पुरा गरेकी अवानीका नेपालमा पनि दुईवटा बुटिक संचालनमा रहेका छन् ।

ठूलो रकम लगानी गरेर युलेसको मुख्य स्थानमा व्यबसाय सुरु गरेकी डिजानर अवानीसंग झण्डै एक दशक लामो फेसन डिजाईनको अनुभव रहेको छ ।

TOP