निर्वाचन व्यवस्थापन विधेयक छिटो अघि बढाउन आयुक्त थपलियाको आग्रह
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकार समक्ष पेस गरिएको निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा छिटो अघि बढाउन आग्रह गरेका छन् । निर्वाचन आयोग र नेपाल कानुन समाजले सोमबार काठमाडौंमा सञ्चारकर्मीसंग गरेको छलफलमा थपलियाले निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदामा आम बहस गरी छिटो सदनबाट पारित गराउन आग्रह गरेका हुन् ।
उनले मुलुकको शासकीय सुधारका लागि निर्वाचन कानुनको सुधार अपरिहार्य भएको स्पष्ट पारे । प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधान र कानूनविद्हरुले दिएको सुझावलाई पनि समेट्ने प्रयास गरेको र सदाचारयुक्त निर्वाचनका लागि राजनीतिक दलहरुसंग लिखित रुपमा नै सुझावसहितको प्रतिवद्धता लिइएको समेत बताए ।
त्यस्तै नयाँ कानूनमा विश्वमा रहेको निर्वाचनसम्बन्धी राम्रा अभ्यासहरुलाई समावेश गरेको उनले बताए । थपलियाले मतदाता नामावलीमा दोहोरोपना हटाउने, सच्चाउनुपर्ने लगाएतका बिषयहरु जुनसुकै अवस्थामा पनि गर्न सकिने व्यवस्था गरिएको उल्लेख गरे । उनले निर्वाचनसम्बन्धी कानूनमा नै निर्वाचको मिति तोकिने भएकाले निर्वाचनको अन्यौता अव हट्ने विश्वास व्यक्त गरे । निर्वाचन आयोगले एकीकृत निर्वाचन कानुनको विधेयक गत असार १८ गते निर्णय गरी गृह मन्त्रालयसमक्ष पेस गरेको थियोे ।