Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरूसँग प्रचण्डले मागे सुझाब

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिमेकी मुलुक भारतको भ्रमण सन्दर्भमा पूर्वप्रधानमन्त्रीहरूसँग परामर्श गरेका छन् । प्रचण्ड १७ जेठमा भारतको औपचारिक भ्रमणमा जाँदैछन् । सोही विषयमा आइतबार उनले पूर्वप्रधानमन्त्रीहरूसँग परामर्श गरेका हुन् ।

पूर्वप्रधानमन्त्रीहरूले सीमा विवाद, ईपीजीको प्रतिवेदन र हवाई रुटबारे स्पष्ट नेपालको धारणा राख्न प्रधानमन्त्रीलाई सुझाब दिएका छन् । नेपालले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा जारी गरेपछि नेपाल र भारतबीचको सम्बन्धमा उतारचढाव आएको थियो । अहिले त्यो विषयले चिसिएको सम्बन्ध ट्रयाकमा आउने चरणमा छ । यस्तो बेला प्रधानमन्त्रीको हुन लागेको भ्रमणले दुई देशबीचको सम्बन्ध विस्तारमा केन्द्रित हुनुपर्ने सुझाब पूर्वप्रधानमन्त्रीहरूले दिएका छन् ।

छलफलमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनाल सहभागी थिए ।

TOP