Trending
युएस खबर संवाददाताअमेरिकी राजदूत थम्पसनले दिए परराष्ट्रमन्त्री राणालाई बधाई युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित

एचडिएनपीले ड्यालस फोर्टवर्थ क्षेत्रका होमलेसलाई खाना बितरण गर्ने

एचडिएनपी अन्तरराष्ट्रियले टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रका होमलेस (घरवार बिहिन) हरुलाई हरेक महिना खाना बितरण गर्ने भएको छ ।

ड्यालस फोर्टवर्थ क्षेत्रका घरवार बिहिनहरुको अवस्था दयनिय रहेकाले उनीहरुलाई राहत पुगोस भनेर हरेक महिना खाना तथा लुगाकपडा बितरण गर्न लागिएको हो । सन २०२३ डिसेम्बर सम्मका कम्तीमा पनि २ हजार जना होमलेश (घरवारबिहिन) हरुलाई खाना तथा लुगाकपडा बितरण गर्ने योजना रहेको सो सँस्थाले जनाएको छ ।

बिगतमा हामीले बिशेष अवसर पारेर होमलेस (घरवारबिहिन) हरुलाई खाना तथा लुगकपडाहरु बितरण गर्दै आएका थियौं । तर हामीले घरवारबिहिनहरुको आबश्यकता महसुस गरि सन २०२३ को जनवरी देखि हरेक महिना खाना तथा लुगाकपडा बितरण गर्ने प्रयास गरिरहेका छौं–एचडिएनपी ईन्टरनेशनलका प्रमुख देबीडेभिड आचार्यले बताउनु भयो ।

सँस्थाले मौसम अनुसार खानाहरु, फलफुल तथा न्यानो लुगाको रुपमा ब्लाँकेट, सिल्पिङ व्याग, सिरानी, टाउजर, सुईटर सर्ट पाईन्ट टोपीहरु बितरण गर्दै आएको जनाएको छ ।

सन २०२३ को जनवरीदेखि हालसम्म ३ सय ४४ जना घरवार बिहिनहरुलाई खाना तथा लुगा वितरण गरिएको छ । गत साता मात्रै फोर्टवर्थ क्षेत्रको ई भिकेरीमा १ सय ५६ जनालाई खाना तथा लुगाकपडा बितरण गरिएको थियो । एचडिएनपी ईन्टरनेशनलले सन २०२३ को डिसेम्बरसम्म घरवारबिहिन ब्यक्तिहरुका लागि ड्यालस फोर्टवर्थ क्षेत्रमा गरिने राहतका कार्यक्रमहरुको तालिका समेत सार्बजनिक गरेको छ ।

आचार्यका अनुसार एचडिएनपी ईन्टरनेशनलसँग घरवारबिहिन ब्यक्तिहरुका लागि सन्चालन गरिने राहतका कार्यक्रमको लागि कुनै दातृ निकाय छैनन । सँस्थाले हरेक बर्ष डिसेम्बर महिनामा सँस्थाले गाला कार्यक्रमको आयोजना गर्ने गर्दछ । कार्यक्रममा सहभागि व्यक्तिहरुले व्यक्तिगतरुपमा प्रदान गर्ने डोनेशन रकम नै सँस्थाको आम्दानीको श्रोत हो ।

एचडिएनपी ईन्टरनेशनले सन्चालन गरेका कार्यक्रमहरुबाट घरवारबिहिनहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन । एचडिएनपी ईन्टरनेशनल अमेरिकामा मानव सेवामा सकृय नेपालीहरुको पहिलो सँस्था हो । एचडिएनपी ईन्टरनेशनलले सन्चालन गरिरहेको होमलेस (घरवारबिहिन) हरुलाई प्रत्यक्ष राहत पुग्ने कार्यक्रमको उच्च मुल्याँकन गरेर टेक्सास राज्य सरकारले गत बर्ष पुरस्कृत समेत गरेको थियो ।

TOP