अमेरिकाबासी नेपाली समुदायप्रति सदैव एक सामान्य अभियन्ता कै हैसियतमा रहेर काम गर्न चाहन्छु म – सुमन थापा
गैर आवासिय नेपाली संघ अमेरिका आफैंमा बृहत एनसीसी भएकाले यसको जिम्मेवारीको दायरा पनि फराकिलो छ । जुलाई ३ र ४ तारिकका दिन नर्थ क्यारोलिनामा हुने संघको एकताको ११ औं साधारण सभा तथा ज्ञान भेलाले यो बृहत संरचनामा रहेको गैर आवासिय नेपालीलाई सहि ढंगले संबोधन गर्न सकोस्, यसप्रति हामी सबै गम्भिर छौं। सिङ्गो अमेरिका साथै अमेरिका बाहिरका अतिथीको समेत उपस्थिती रहने यस भेलालाई केवल भेला मात्र नबुझी नेपाली एकताको दर्विलो उदाहरण पनि बनाउन हामीले हरसम्भव कोसिसा गरेका छौं, यो कोसिसमा रौनक थप्ने काम उपस्थित हुने सदस्य तथा विज्ञहरुको हातमा पनि छ, तसर्थः सम्भव हु“दा सम्म सबैले उपस्थिती सहितको सहकार्य गरिदिनु हुन अनुरोध गर्दछु। एनसिसि अमेरिकाको उपाध्यक्ष तथा यस एजिएमको संयोजक रहेपनि मेरो दायित्व संघ र अमेरिकाबासी नेपाली समुदायप्रति सदैव एक सामान्य अभियन्ता कै हैसियतमा रहेर निर्वाह गर्न चाहन्छु म । जसले मेरो कर्तव्यको परिधी अझ फराकिलो बन्न सकोस् ।
नेपाली समुदाय निकट रहेर उहाहरुका सजिव समस्यालाई समाधानको निर्णयात्मक दिशातर्फ लैजान सके आपसी तिक्तता, विवाद, मतभेद जस्ता सामान्य कुरा स्वतः समाप्त भएर जान्छन्। तसर्थः अमेरिका साथै हरेक देशका एनआरएनएनए आफु स्वयंले पनि अविभावकिय जिम्मेवारी बोध गर्नुपर्छ भन्नेतर्फ हामी सबै गम्भिर हुनुपर्दछ । यातायात र सबै क्षेत्रलाई पायक पर्ने स्थानका दृष्टीले हामीले नर्थ क्यारोलिनामा एजिएम गर्ने निर्णय गरेका हौं, यो निर्णयमाथी सबैको सकारात्मक साथ र सहयोगको परिणाम स्वरुप यस पटकको ज्ञान भेला सहितको एजिएम सोचे अनुरुप नै सम्पन्न हुदैछ, यसका लागि म सम्पुर्ण अमेरिकाबासी गैर आवासिय तथा देश-विदेशमा रहनु भएका नेपालीहरु प्रति कृतज्ञ छु।
मलाई साधारण सभा र ज्ञान भेला संयोजकका लागि योग्य देख्ने संघ तथा शुभचिन्तकप्रति आभारी रहदै यस जिम्मेवारीमा मेरा लागि आफ्ना अमुल्य समय र साथ प्रदान गर्नु भएका सहकर्मी तथा अग्रजहरु र समाचार संप्रेषणका माध्यम मार्फत एजिएम सफल बनाउन सहयोग गर्नु भएका सञ्चारकर्मीहरु प्रति हार्दिक धन्यवाद ।
सुमन थापा
एजिएम कन्भेनर
तथा
एनसीसी अमेरिका उपाध्यक्ष