हार जित भन्दा पनि स्वयं आफ्नो सामाजिक सेवाको स्तर मापनका रुपमा यस निर्वाचनलाई हेरेको छु – बिकाश उप्रेती

गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको नयाँ कार्यसमिती निर्वाचनका लागि विकाश उप्रेती उमेद्वारी घोषणा गरेसंगै चुनावी कार्यक्रममा सहभागी हुन थालेको छन् । आईतबार ह्युस्टनमा आयोजित कार्यक्रममा सहभागी उप्रेतीले आफु यस निर्वाचनका लागि उपाध्यक्ष पदमा उमेद्वारी दिनुका आवश्यकतामाथी प्रकाश पारेका थिए ।

टेक्ससलाई कर्मथलो बनाएर युवा क्रियाशिलताको सामाजिक छवि उप्रेतीले आशन्न एनसीसी निर्वाचन ( २०२१-२३ )का लागि उपाध्यक्ष पदमा आफ्नो उमेद्वारी घोषणा गरेका उप्रेतीले कार्यक्रममा एनसीसी अमेरिकाप्रतिको आम युवाको धारणा पनि राखेको थिए । केही बर्ष पहिले अन्य नेपाली युवा झैं सपनाको सहर भित्रिएका उप्रेतीले जुन समस्या र चुनौती यहाँका समुदायले भोगिरहेका छन् त्यसको अनुभव आफुले पनि गरेकाले उनले एनसीसीको जिम्मेवारीमा रहेरै यि समस्यामाथी संबोधन हुन सक्ने सोचेर उमेद्वारी दिएका हुन् ।

कार्यक्रम उनले केही बर्ष पहिले सम्म आफु स्वयं एनआरएनए संग अन्जान रहेको अनुभव साट्दै उनले आज सम्म धेरै ब्यक्ती ब्यक्तीगत पहिचानका लागि मात्र संस्थामा जाने संस्कारले समेत संस्थाले सोचेजस्तो काम गर्न नसकिएको हुन सक्ने आसय सहित सदस्यताका सबालमा समेत एनआरएनए अमेरिकाले राम्रो काम गरेको खण्डमा संस्थागत आवश्यकता बुझेर आफैं सदस्य बन्न आउने बताए । उनका अनुसार एनआरएनएको यो अभियानमा आवद्धताका लागि यहाँका प्रकृया पुगेका नेपाली समेत असन्तुष्ट देखिनु भित्रको कारण खोजेर सबैलाई उत्साह पूर्वक संस्थामा समेट्नु संस्थागत उदेश्य र आवश्यकता दुवै हो ।

हार जित भन्दा पनि स्वयं आफ्नो सामाजिक सेवाको स्तर मापनका रुपमा यस निर्वाचनलाई हेर्न उमेद्वारलाई आग्रह गरेका उप्रेतीले आफैं पनि निर्वाचनमा पराजित भएका खण्डमा समेत अभियानबाट अलग हुन नसक्ने बताएका छन् ।
बर्तमान एनसीसी अमेरिकाका दक्षिण क्षेत्रिय संयोजक पदको जिम्मेबारीमा रहेर काम गरिरहेका उप्रेती सफल युवा व्यवसायि पनि हुन् । सामाजिक र ब्यवसायिक पृष्ठभूमीका कारण उप्रेती अमेरिका र बिषेषत टेक्सस क्षेत्रमा सबैको नजरमा परेका सफल र जुजारु युवा हुन् ।
मिलनसार र पारदर्शी नेतृत्व क्षमता भएका कारण उप्रेतीको यस पटकको एनसीसी उपाध्यक्ष पदको उमेद्वारीलाई पनि चासोका रुपमा हेरिएको छ ।

 

TOP