Trending
युएस खबर संवाददाताकाठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी युएस खबर संवाददातारुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु युएस खबर संवाददाताट्रम्पले जेडी भेन्सलाई बनाए उपराष्ट्रपतिको उम्मेदवार युएस खबर संवाददाताकाभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ युएस खबर संवाददाताअमेरिका बस्ने बुढाथोकीको सहयोगमा क्यास एपबाट अबैध कारोबार गर्ने ५ जना पक्राउ युएस खबर संवाददाताचौंथो पटक युरोकप जितेर स्पेनले बनायो विश्व कीर्तिमान युएस खबर संवाददातानवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ युएस खबर संवाददाताकोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

सर्वोच्चद्वारा ढाकाकुमार श्रेष्ठको मुद्दामा अल्पकालीन अन्तरिम आदेश

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठको  रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले उनले दिएको रिटमा दुबै पक्षलाई बोलाएको छ।

उनले स्वास्थ्य मन्त्री बन्न सभापति रवि लामिछानेको ‘कोर टिम’का लागि दुई करोड रुपैयाँ बुझाउने पर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मागेको अडियो सार्वजनिक भएको थियो। उक्त फोनसंवाद बाहिरिएपछि रास्वपाले साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको थियो। श्रेष्ठले त्यसविरूद्ध रिट दिएका थिए।

यता रास्वपाले गरेको कारबाही सदर गर्दै सभामुख देवराज घिमिरेले उनको पद रिक्त भएको संसदमा जानकारी गराइसकेका छन् ।

TOP