बुद्धका दर्शन अनुशरण गर्न अपरिहार्य रहेको कार्यवाहक राष्ट्रपति यादवको भनाई
कार्यवाहक राष्ट्रपति रामसहाय यादवले तथागत बुद्धका दर्शनहरु अनुशरण गर्न अपरिहार्य रहेको बताएका छन् ।
२५६७ औं बुद्ध जयन्ती समारोह समितिले बुद्ध जयन्तीको पूर्वसन्ध्यामा आयोजित “भिन्छेबाहाः बौद्ध महोत्सव बु. सं. २५६७“ को उद्घाटन कार्यक्रमा कार्यवाहक राष्ट्रपति यादवले बुद्धको जीवन दर्शनका कुराहरु दैनिक जीवनमा उर्तान सके समग्र जीवन जगतको कल्याण हुने टिप्पणी गरे ।
उनले् भने ‘ बुद्धको जीवन दर्शनका कुराहरु हामीले दैनिक जीवनमा उर्तान सफल भएमा समग्र जीवन जगतको कल्याण हुने कुरामा पूर्णरुपमा विश्वस्त हुन सकिन्छ । हामीले तथागत बुद्धका दर्शनहरु अनुशरण गर्न अपरिहार्य छ । गौतम बुद्धले देशमा मात्र नभई मानव जातिलाई शिक्षा प्रदान गरी उर्जा र चेतनाको छुट्टै पहिचान बन्न पुगेको छ ।’
उनले बुद्धले नवीन मार्ग बनाई समाजलाई योग्य क्षेत्रमा बोध गर्नुका साथै विश्वलाई हिंसा र यूद्धको बाटो छोडी अहिंसा मार्ग देखाएको बताए ।