सिन्धुली बस दुर्घटनामा घाइतेहरुको उद्दार प्रभावकारी बनाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिन्धुलीमा बस दुर्घटनामा घाइते भएकाहरुको उद्दार कार्य प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

आइतबार सामाजिक संजाल फेसबुक मार्फत सिन्धुलीको फिक्कल–४ मा दुर्घटनामापरी मृत्यु भएका मृतकहरूप्रति भावपूर्ण श्रद्धा सुमन व्यक्त गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासहित उद्दार कार्य प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

उनले लेखेका छन् ‘सिन्धुलीमा बस दुर्घटना भई ५ जनाको मृत्यु र दर्जनौं यात्रु घाइते भएको खबरले दुखी तुल्याएको छ । दुर्घटनाका मृतकहरूप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासहित उद्दार कार्य प्रभावकारी बनाउन सम्वद्ध सबैमा निर्देशित गर्दछु।’

TOP