देशको धर्ती उज्यालो पार्न उदाएका रविलाई एक झलक हेर्न मात्र पनि लालायित देखिए आँखाहरु….
सुष्मा देवकोटा
तिम्लाई टाढा मलाई नि टाढा
रवि दाईले चितवन नछाड…….
दिनभर चितवन गुञ्जायमान बन्यो, रवि लामिछाने समर्थी संगीतले, दशौं हजार जनताको उल्लासमय रौनकले र निर्वाचित रविको प्रण र प्रतिज्ञामय संवोधनले ।
चितवन क्षेत्र नं. २ मा रवि लामिछानेको जित निश्चिित भएबाट नै उत्साहित चितवनवासी जनता उनको विजय घोषणा हुनु पूर्व नै मतगणना स्थलमा सहभागि भै सकेका थिए । यो केवल सहभागिता मात्र थिएन, जन सागरको नमुना थियो । भिडमा रविलाई चिनेका, जानेका र बुझेका किशोर किशोरी देखी केश फुलेका बा आमाहरु सम्मको बृहत सहभागिता देखिन्थ्यो ।
संचारकर्मीहरु अन्य स्थलगत रिपोटिङ्गमा भन्दा जिम्मेबार र उत्सुक देखिन्थे । बिभिन्न टेलिभिजन र पत्र पत्रिकाका जिल्ला संवाददाताहरुलाई यो दृश्य क्यामेरा र टेलिभिजनमा कैद गर्न भ्याई नभ्याई थियो । माहौल साँच्चै रौनकमय थियो । त्यो रौनक जसमा जनताका निरास भावहरु एकाएक आसाको उज्यालोमा परिणत भए जस्तै । रवि उदाएको चितवन साँझ अवेर सम्म एउटा कान्ति बोकेर उभिएको प्रतित हुन्थ्यो ।
चितवन क्षेत्र नं १ र २ मा नै रवि नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले जित हात पारेपछि दुवै क्षेत्रका मतदाता र मतदान गर्न नपाएपनि रविको यस अघिको कर्मले जोडेका क्षेत्र नं.३ का जनताहरु भिड प्रहरीलाई नियन्त्रण गर्न हम्मे हम्मे परिरहेको थियो । चितवनका मात्र होईनन् राष्टिय स्वतन्त्र पार्टीको सानदार जितले छिमेकी जिल्लाका समर्थकको र आम जनताको पनि सहभागिता देखिन्थ्यो ।
कोही रवि समर्थी गीतमा नाचिरहेका, कोही आँफैं गीतका टुक्का जोड्दै गाईरहेका, कोही संचार माध्यमलाई आफ्ना अभिव्यक्ती दिईरहेका आदी ईत्यादी । दृश्य कुनै चलचित्रको यादगर क्लाईमेक्स जस्तै थियो । जसलाई हेर्नेहरुलाई कहिल्यै भुल्ने छैनन ।
रविकी श्रीमती निकिता पौडेल सहित परिवार सदस्य उनलाई बधाई दिन काठमाडौंबाट चितवन पुगेका थिए । उनिसंगै सहकार्य गरेका संचारकर्मी, आफन्त र अन्य क्षेत्रका उमेद्वार देखी समर्थक सम्मको यो खुसी मन्दिरमा बज्ने घण्टीको मधुर गुञ्जन जस्तै, शुभ संकेत जस्तै गरी अनुहार र भावहरुमा विस्तार भएको थियो । जनता साँच्चै थाकेका रहेछन् राजनितिक दलको आपसी खिचातानी संस्कारले । उनिहरु रवि र उनको पार्टीबाट निर्वाचित उमेद्वारबाट राहत र सकुनको स्वास फेर्दैछन् सायद आभाष यस्तै हुन्थ्यो ।
बिहानैबाट सहभागी कयौं समर्थकले खाना खान विर्षिए, खाजा खान विर्षिए, रविलाई नजिकबाट हेर्न पाक्दा पाक्दैको खाना छोडेर बुढा बा आमा लौरो टेकेरै आए, कोही साना छोराछोरी काखैमा च्यापेर सहभागि भए, हिन्दु धर्मको धार्मिक ग्रन्थ मध्यको एक श्री स्वस्थानी ब्रत कथामा व्याख्या गरिएको कथांश नवराज राजा भएपछि उनकी आमा गोमा लावण्डे देश जाँदै गर्दा जस्तै बन्यो दृश्य।मानिसहरु रवि हेर्नकै लागि भनेर घर, धन्दा पेसा- व्यवसाय सबै छोडेर उपस्थित भएको यो पल ।
क्षेत्र नं. १ मा रास्वपाका हरी ढकाल ७ हजार ५ सय ८१ मतको फराकिलो मतान्तरले विजयी भएको चितवनमा रास्वपा सभापति रवि लामिछाने अहिले सम्मकै बढि मतान्तर अर्थात ३४ हजार २ सय ८१ मतान्तर सहित निर्वाचित भएपछि चितवन जन सागरको नमुना क्षेत्र बन्यो दिनभर ।
रवि ४९ हजार, २ सय ६४ मत सहित विजयी भएका हुन् । उनिसंग प्रतिस्पर्धामा रहेका कांग्रेसका उम्मेदवार उमेश उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ मत र एमालेका कृष्ण भक्त पोख्रेलले १४ हजार ६ सय ४७ मत मात्र प्राप्त गरेर पराजित भए। जो २०७४ सालमा यस क्षेत्रबाट निर्वाचित भएका प्रतिनिधि हुन् । अर्का प्रतिस्पधी कांगेसका उमेश श्रेष्ठ रविका प्रतिस्पर्धी भन्दा पनि पोख्रेलका प्रतिस्पर्धी सावित भए यस पटकको निर्वाचनमा यि दुई उमेद्वारको मत बरावरी जसो देखियो ।
क्षेत्र नं. एकमा पनि विजय भएको रास्वपाका हरि ढकाल ले ३४ हजार १ सय ८९ मत ल्याई विजयी भएका छन् । प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सुरेन्द्रप्रसाद पाण्डेले २६ हजार ६ सय ८ मत प्राप्त गर्दै पराजित भएका हुन् । यस क्षेत्रमा कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९ सय ९० मत प्राप्त गर्दै तेस्रो स्थानमा पुगेका छन् । यसरी रवि लामिछानेको पार्टी स्थापना भएकै बर्ष एउटा कुशल छवि स्थापित गर्दै जन विश्वासले निर्माण गरेको जिम्मेबारीको विसाल पहाड बोकेर यो देश उचो बनाउने यात्रामा निस्किएको वखत हो यो । जहाँ रविको हिम्मतमा उनका देशभरका उमेद्वार, मतदाता र समर्थकले यो देशको वास्तविक सुन्दर कायाको अपेक्षा गरेका छन् ।
बिहिवार देखिएको यो दृश्य मतगणना स्थल परिसर र भरतपुर १० – गेस्ट हाउस चौरमा देखिएको दृश्य हो । रवि यो भिडमा मिसिए, जनतासंगै नाचे, हाँसे र एक सामान्य नागरिक सरह आफ्नो मान्छे बनेर उभिए । उनको गाला र निधारमा लागेका अविरका रंगहरुमा ति जनताको स्पर्स थियो, जसका हातहरु नेपालको मानचित्र भित्र बेथिथीमय संस्कार परास्त गर्ने रेखाहरुको लहरमा आसातित थिए । उनका गलामा माला र खादा लगाईरहेका ति हातहरुमा त्यो जोश देखिन्थ्यो जस्तो कि निर्वाचन रविले होईन मैले नै जितेको हुँ ।
रवि लामिछानेको संबोधन सुरु भयो । जन लहर सुन्न चाहन्थ्यो यो संवोधन जसले एउटा टेलिभिजन स्क्रिनबाट बोलेरै मात्र पनि देश विदेशमा रहेका नेपालीलाई चित्त बुझ्दो सन्देश प्रवाह गरेको थियो, आज उहि नेपालको प्रतिनिधित्व गर्ने हैसियत राख्दैछ भने किन नलागोस् ति मनहरुलाई रमाईलो ?
रविले आफ्नो संबोधनमा राजनीतिमा निर्वाचित हुनु भनेको बिजयी हुनु होइन, यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो भनेका छन् । उनले आफु परिक्षार्थी योग्य मात्र भएको र पास हुनका लागि आफ्ना भावि कर्महरु प्रसस्त बनाउने बताएका छन् । यो परिक्षाको नतिजा ५ बर्षपछि आउने बताएका उनि पास हुने लक्ष्यमा छन् । त्यसैले उनले कुनै पनि विजय र्याली ननिकाल्ने घोषणा समेत गरेका छन् । बरु मतदाता भेट्न शुक्रवार ११ बजे इक्छा कामना गाउँपालीका कार्यालय अगाडिको फुट्बल ग्राउन्ड कुरिनटारमा र ३ बजे सहिद स्मृति क्याम्पस चौर पदमापुर कालीकामा धन्यवाद सभा राख्दै छन् रविले ।
उनको सभा हुने स्थलमा २ वटा बाकस हुनेछन। एउटा बाकसमा समस्या पेटिका लेखिएको हुनेछ। त्यसमा जनताले समस्या लेखेर खसाउन अनुरोध गरिएको छ भने अर्को बाकसमा उजुरी, समस्या, सुझाव पेटिका लेखिएको हुनेछ। त्यसमा, भ्रस्टाचारीका सुचना,रविले गर्नु पर्ने काम, रविलाई भावि दिनका लागि खबरदारी लेखेर खसाउनु उनि आफैंले आग्रह गरेका छन् । उनले माला, अबिर,खदामा हामीले गरेको खर्च प्राय सबै बिदेश जाने भएकाले यो खर्च समेत आजैबाट रोक्न केही ल्याउनै मन भए आफ्नै आँगन वा बाटोको एक थुङो फुल लिएर आउन पनि भनेका छन् । स्नेहको उनको यो तरिका साँच्चै मिठो मानेका छन् जनताले । भोट माग्न र धन्यवाद सभा राख्न नपाएका स्थानमा काम गर्न आउने बाचा गरेका छन् रविले ।