Trending
युएस खबर संवाददाताअरुणिमा लम्साल अभिनित ‘घर बट इन अमेरिका’को टिजर सार्वजनिक युएस खबर संवाददातारवि लामिछानेविरूद्ध पोखरामा सहकारी पीडितको नाराबाजी युएस खबर संवाददाताझगडाको क्रममा गोली चल्दा अमेरिकाको मेरिल्याण्डमा एक विद्यार्थीको मृत्यु युएस खबर संवाददाताअमेरिकामा हत्या गरिएकी नेपाली विद्यार्थी मुनाको अन्त्येष्टि युएस खबर संवाददातालिग २ खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ युएस खबर संवाददाताक्यानडा र ओमानविरूद्ध भिड्ने नेपाली टोलीमा दुई खेलाडीको पुनरागमन युएस खबर संवाददातासामूहिक हत्या मुद्दा चलाउन शेख हसिनालाई स्वदेश फर्काउने तयारी युएस खबर संवाददातागंगालालमा राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण सुरु

नक्कली शरणार्थी प्रकरणः अभियुक्तसँग शेखर कोइराला र सुजाता कोइरालाको कनेक्सन !

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सांसद डा.शेखर कोइराला र पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालासमेत संलग्न रहेको खुलासा भएको छ । अडियो अनुसार प्रहरी हिरासतमा रहेका अभियुक्त सन्देश शर्माले कांग्रेस नेता शेखर, नेत्री सुजाता र सचिव टेकनारायण पाण्डेसँग शरणार्थी बनाएर अमेरिका लैजाने प्रक्रिया मिलाउने सन्दर्भमा कुराकानी भइरहेको जनाएका छन् ।

नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै लाखौँ रकम असुलेका शर्माले पीडितहरूसँग गरेको टेलिफोनवार्तामा भनेका छन्, ‘मेरो भर्खरै छलफल भएको छ । मौन अवधि छ । नेताहरू कोही बिजी छैनन् । शेखर कोइराला, सुजाता कोइराला, केशव दुलाल, म, सानु भण्डारी, मोरङको एसपीसँग दिउँसो छलफल भएको थियो ।’

अनुसन्धनको क्रममा अहिलेसम्म ८ जना अभियुक्तहरू पक्राउ परेका छन् । प्राप्त अडियोकाअनुसार पीडितलाई फकाउने क्रममा सन्देश शर्माले उल्टै नेतादेखि गृह सचिवसम्मलाई ५६ देखि ८५ करोडको डिल गरेको दुःखेसो सुनाएका छन् । शर्माले टेलिफोनका क्रममा पटक–पटक प्रहरी हिरासतमा रहेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको नामसमेत लिएका छन् । ‘निर्णय हुने बितिकै शिविरबाट पैसा उठ्छ। सबैले उठाएर दिने हो, गर्ने हो, मिलाउनुपर्छ, टेन्सन नगर, १५ दिन जति चुप्प लागेर बस, भनेर सचिव टेकनारायण पाण्डेले भन्नुभएको छ,’ उनले भनेका छन् ।

यो प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राइ र उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेसहित आठ जना पक्राउ परिसकेका छन् ।  नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा संलग्न रहेको आरोप लागेका पूर्व उपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी अहिले कहाँ छन् भन्ने कुरामा सर्वत्र चासो छ । अहिलेसम्म रायमाझी आफूहरूको सम्पर्कमा नआएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार रायमाझी बिहीवार भैरहवाबाट काठमाडौँ आएको भनेर सूचना आए पनि उनको गाडी मात्र आएको थियो । रायमाझी अर्घाखाँचीको महेन्द्र विद्योदय माध्यमिक विद्यालयको हिरक जयन्ती समारोहमा सभामुख देवराज घिमिरेसँगै सहभागी भएका थिए । त्यहाँबाट बुटवल झरेका रायमाझीले भैरहवा विमानस्थलबाट काठमाडौँ आउन टिकट समेत काटेका थिए । तर, त्यो टिकट रद्द गरेर रायमाझी उतै बसेकोसम्म सूचना आफूहरूलाई रहेको प्रहरी स्रोत बताउँछ ।

TOP