Trending
युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट

देश असाध्यै अप्ठ्यारो र असहज स्थितिमा छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश असाध्यै अप्ठ्यारो र असहज स्थितिमा भएको टिप्पणी गरेका छन् ।  काठमाडौँमा आयोजित ग्रासरुट समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले  देशमा राजनीतिक स्थिरताको स्थिति नरहेको बताएका हुन् ।

कसैको बहुमत नआउँदा चारतिर फर्किएका दलहरू मिलेर सरकार चलाउनु परेको उनको भनाई थियो। अध्यक्ष ओलीले ले भने, ‘देश असाध्यै अप्ठ्यारो असहज स्थितिमा छ । देशमा राजनीतिक स्थिरताको स्थिति छैन । देश अस्थिरतातिर गइरहेको छ । सहज रूपमा कसैको बहुमत नआउने स्थिति भएपछि नीति नभएका चारतिर फर्किएका तत्त्वहरू मिलेर सरकार बनाउनुपर्ने अवस्था छ । त्यसो भए पनि देश नीति हीनतामा जाने भयो ।’

चारतिर फर्किएका दलले सरकार बनाउँदा देशको  विकास र सुशासन हुन नसकेको बताए ।  यदि एउटा पार्टीको बहुमत हुने भए यो नीतिका साथ काम गर्छु भन्ने स्थिति हुने ओलीले बताए । त्यस्तै सरकारले जारी गरेको साझा न्यूनतम कार्यक्रम आफूहरूले बनाए पनि पछि तोडमोड गरेकाले जनताको पक्षमा केही काम नहुने ओलीले जिकिर गरे ।

TOP