अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा प्रधानमन्त्रीले दिए शुभकामना
प्रधानमन्त्री पुष्पकमल दाहालले महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न भएका प्रयासहरू घनिभूत बनाउन जरुरी भएको बताएका छन् । बुधबार ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा प्रधानमन्त्रीले शुभकामना दिदै महिला विरूद्धको संरचनागत हिंसाको अन्त्यगर्दै उत्पादनका साधन र प्रक्रियामाथिमहिलाको स्वामित्वकायम गर्न, महिलाउद्यमशीलता र स्वरोजगारलाई विकास गर्न प्रयासहरू घनिभूत हुन जरूरी रहेको बताएकाहुन् । उनले भने महिलाहरूको राजनीतिकअधिकारका साथै आर्थिक अधिकारमा समानता, आत्मनिर्भर र स्वरोजगारको प्रबन्ध, बदलिएको राजनीतिक व्यवस्था अनुरूप सामाजिक व्यवस्था रूपान्तरणमा हस्तक्षेप महत्वपूर्ण हुन्छ ।
महिला विरूद्धको संरचनागत हिंसाको अन्त्य गर्दै उत्पादनका साधन र प्रक्रिया माथिमहिलाको स्वामित्व कायम गर्न, महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न हाम्रा प्रयासहरू घनिभूत हुन जरूरी छ । यनले महिलाको राजनीतिक अधिकारका साथै आर्थिक अधिकारमा समानता, आत्मनिर्भर र स्वरोजगारको प्रबन्ध, बदलिएको राजनीतिक व्यवस्थाअनुरूप सामाजिकव्यवस्था रूपान्तरणमा हस्तक्षेप महत्त्वपूर्णहुने टिप्पणी गरे । उनले नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाहरूको निर्णायक सहभागिता र गुरूत्वपूर्ण नेतृत्व रहिआएको स्मरण पनि गरे