५३ युक्रेनी युद्धबन्दीमाथिको आक्रमण आफुले नगरेको रुसको दावि: राष्ट्रसङ्घसंग अनुसन्धानको माग

शुक्रवार बिहान युक्रेनमा ५३ जनाको ज्यान जानेगरी भएको आक्रमण आफुले नगरेको रुसले दावि गरेको छ । युक्रेनी सेनाको डोनबास क्षेत्रको ओलेनिभक नजिक रहेको सोधपुछ तथा हिरासत केन्द्रमा शुक्रबार बिहान गरिएको रकेट प्रणलीको आक्रमणको आरोप झुटो भएको भन्दै रुसी रक्षा मन्त्रालयले छानविनको माग गरेको हो ।

रुसी रक्षा मन्त्रालय यस बिषयमा जारी गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार रुसको कब्जामा रहेको क्षेत्रमा आक्रमणमा परि ५० जनाभन्दा बढी युक्रेनी युद्धबन्दीको ज्यान गएको घटनाको दोष रुसमाथी थोपरिनु गलत भएको भन्दै संयुक्त राष्ट्र सङ्घ र रेडक्रसका अन्तर्राष्ट्रिय समितिका विशेषज्ञलाई समेत यस घटना छानविनका लागि आमन्त्रण गरेको छ ।

यो मागलाई ठाडो माग भन्दा पनि ‘आमन्त्रण’ शब्दले प्रस्ट्याउन खोजिएको छ जसको आसय रुस यस घटनाको अनुसन्धान चाहन्छ भन्नु नै देखिन्छ ।

एक सय ५० जनाभन्दा धेरै घाइते भएको यस आक्रमणलाई लिएर रुस र युक्रेनले एक अर्कालाई दोषारोपण गर्दै आईरहेका छन् । एजेन्सी

TOP