Trending
युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट युएस खबर संवाददाताकाभा महिला च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग पहिलो खेल खेल्दै युएस खबर संवाददातावर्षाले राष्ट्रिय सभागृह जलमग्न युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण युएस खबर संवाददाताकाठमाण्डौ महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम अघि बढायो युएस खबर संवाददाताओमानको समुद्रमा तेल ट्यांकर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता

प्रधानमन्त्री बोरिस जोनसनसँग असहमति राख्दै बेलायतका अर्थमन्त्री ऋषि सुनकले दिए राजीनामा

बेलायतका अर्थमन्त्री ऋषि सुनकले राजीनामा दिएका छन्। बिबिसीका अनुसार प्रधानमन्त्री बोरिस जोनसनसँग असहमति राख्दै सुनकले मंगलबार राजीनामा दिएका हुन्।

आमनागरिकले सरकार पूर्ण क्षमतामा ठीक तरिकाले गम्भीरतापूर्वक चलोस भन्ने चाहना राख्नु जायज भएको बताउँदै सामाजिक सञ्जाल ट्विटरमा उनले आफ्नो राजीनामा पत्र राखेका छन् । यहि मान्यताका लागि लड्नु पर्छ भन्ने लागेकाले आफूले राजीनामा दिएको उनको भनाइ छ। कोरोना भाइरसको महामारी, युक्रेनमाथि रूसी आक्रमण र अरू विभिन्न कारणले विश्व नै आर्थिक समस्याबाट गुज्रिरहेका बेला आफूले बेलायतको अर्थमन्त्रीबाट राजीनामा दिने निर्णय निकै सोचविचार गरेर लिएको सुनकले उल्लेख गरेका छन्।

सुनक र प्रधानमन्त्री जोनसनबीच सार्वजनिक खर्च कसरी गर्ने भन्नेबारे मतभेद रहेको बताइन्छ। तर पछिल्लो समय जोनसनले एक जना विवादित सांसदलाई महत्वपूर्ण नियुक्ति दिएपछि उनको मन्त्रिपरिषदमा मतभेद चुलिएको हो। यसैबीच स्वास्थ्य मन्त्री साजिद जाविदले पनि राजीनामा दिएका छन्। प्रधानमन्त्री जोनसन शासन गर्न योग्य नरहेको भन्दै उनले राजीनामा दिएका हुन्। सुनक र जाविदको राजीनामा केही मिनेटको अन्तरमा आएको हो।

उनीहरूसँगै केही राज्यमन्त्रीहरूले पनि जोनसन सरकारबाट राजीनामा दिएका छन्। जोनसनले अहिलेका शिक्षा मन्त्री नादिम जहावीलाई नयाँ अर्थमन्त्रीका रूपमा नियुक्त गरेका छन् भने स्टिभ बारक्लेलाई स्वास्थ्य मन्त्री बनाएका छन्। सुनक र जाविदको राजीनामाले बेलाबेलामा विवादमा परिरहने जोनसनलाई अब सहजै सरकार सञ्चालनमा कठिनाइ हुने अनुमान गरिएको छ।

TOP