छोरी उषा किरण नेतृत्वमा मदन भण्डारी फाउण्डेशनको केन्द्रीय समिति गठन: कुन प्रदेशबाट को ?
काठमाडौं, ६ चैत: २८ बर्ष पहिले ज्यान गुमाएका नेता मदन भण्डारीको नाममा स्थापित मदन भण्डारी फाउण्डेशनको नेतृत्वमा यस पटक उनकै छोरी उषाकिरण भण्डारी आएकी छन् । फाउण्डेशनको तेस्रो राष्ट्रिय सम्मेलनले उषाकिरण भण्डारीको नेतृत्वमा ४५ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो ।
उषा किरण नेतृत्वको नयाँ कार्यसमिती सचिवमा पेम्बा लामा, कोषाध्यक्षमा चिन्तामणि भट्टराई र सदस्यहरुमा भेषराज अधिकारी, प्रेम सागर, शङ्कर भण्डारी, महेन्द्रबहादुर पाण्डे, सुशील प्याकुरेल, डा.विमला राई पौडेल, डेगेन्द्र पाण्डे, टीका ढकाल, कृष्ण भण्डारी, रामशरण प्याकुरेल, घनश्याम कोइराला, मिलन धरेल, अमरध्वज लामा, डा.कुन्दन अर्याल, डा.कैलाश भण्डारी, डा.कालुसिंह खत्री र मिना भण्डारी रहेका छन् ।
त्यस्तै फाउन्डेसनसदस्यहरु पनि ७ वटै प्रदेशबाट चयन गरिएको छ, जसमा मा प्रदेश–१ बाट गोपाल गुरागाईँ, खेमराज पोखरेल, मञ्जु चौधरी, किशोरचन्द्र दुलाल रहेका छन् भने गण्डकी प्रदेशबाट दामोदर बैरागी र डा। निर्मल विश्वकर्मा रहेका छन् ।
वागमती प्रदेशकाट शिवकुमारी गोतामे, सरिता नेउपाने, खेम लोहनी, वालकृष्ण शिवाकोटी, गोपाल श्रेष्ठ, दिपक सुवेदी र रामशरण ढुंगाना र
मधेस प्रदेशबाट राजमहमद राज, बिना साह, सरोज यादव चयन भएको फाउण्डेशन सदस्यमा लुम्बिनी प्रदेशबाट बलबहादुर आचार्य, रामबहादुर राउत, मिना बुढा, कर्णाली प्रदेशबाट टीका विष्ट, प्रा डा नन्दबहादुर सिंह र सुदूरपश्चिम प्रदेशबाट हरदेव जोशी र सरस्वती नेपाली चयन भएका छन् भने कर्णाली प्रदेशबाट टीका बिस्ट र प्रा। डा। नन्द ब। सिंहलाई चयन गरिएको छ ।
भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो। जीवराज आश्रितको मृत अवस्थामै गाडीमै शव भेटिएको थियो भने मदन भण्डारीको घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तिन दिन पछि शव भेटिएको थियो।
जनआन्दोलन २०४६ मा बाम मोर्चाबाट सकृय रहेका भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) र मनमोहन अधिकारीद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) लाई एकीकरण गरी नेकपा (एमाले) गठन गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले प्रतिपादन गरेको बहुदलीय जनवादको नीति पछ्याउँदै नेकपा (एमाले) बहुलबादी राजनीतिमा अगाडि बढी आम निर्वाचन २०४८ मा भाग लिई देशको प्रमुख प्रतिपक्षको रूपमा स्थापित भएको थियो।