Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक छः मन्त्री रिजाल

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
मंगलवार काठमाडौंमा आयोजित मेक इन नेपाल स्वदेशी समिट कार्यक्रममा उनले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रको सहकार्य प्रभावकारी रुपमा हुन आवश्यक रहेको बताएका हुन् ।

उनले भने ‘आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रमा सहकार्य प्रभावकारी रुपमा हुन आवश्यक रहेको छ । औद्योगिकरणको उचित विकास विना दिगो आर्थिक विकास सम्भव छैन् ।’

उनले लगानि मैत्री औद्योगिक वातावरण निर्माण र आत्मनिर्भर अर्थतन्त्रका लागि औद्योगिक पूर्वाधार निर्माण गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताए ।
मन्त्री रिजालले नेपालमा औद्योगिकरणको विकास र प्रवर्द्धनका लागि स्वदेशी वस्तुहरुको उत्पादन उपभोग र निर्यातको वातावरण निर्माणमा मन्त्रालयले प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि जनाए ।

TOP