पत्नी सहित देश छोडेर भागे श्रीलंकाका राष्ट्रपति गोटाबाया

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भागेका छन् । देशमा नागरिक प्रदर्शन चरम उत्कर्षमा पुगेपछि राष्ट्रपति गोटाबाया राजापाक्षे भागेर माल्दिभ्स पुगेका हुन् ।
सीएनएनका अनुसार राजपेक्षेले पद वहाक राष्टपति हुन् । औपचारिक रूपमा राजीनामा दिनुअघि नै देश छाडेर उनि भाग्दा श्रीलंकामा अर्को भयावह अवस्थाको आँकलन गर्ने वातावरण सृजना भएको छ ।

श्रीलङ्काको वायु सेनाको विमान मार्फत पत्नी सहित माल्दिभ्सको राजधानी माले पुगेका उनले आजबाट लागू हुने गरी पदबाट राजीनामा दिएका छन् । केही महिनायता आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्कामा राजपाक्षे भागेपछि संसदले राष्ट्रपतिको राजीनामा आज सार्वजनिक रूपमा घोषणा गर्ने तयारी छ । संसदबाट नयाँ राष्ट्रपति चयन नभएसम्म प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले अस्थायी राष्ट्रपतिका रूपमा शपथ दिने कार्यक्रम रहेको छ ।

यसअघि प्रधानमन्त्री विक्रमासिङ्घेले पनि पदबाट राजीनामा दिने घोषणा गरेका थिए । राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका आन्दोलनकारीले पदबाट राजीनामा नदिएसम्म बाहिर ननिस्कने अडान राखेपछि राजपाक्षेलाई सैनिक सुरक्षाका साथ स्थान्तरण गरेर लुकाईएको थियो तर उनि अन्तत देश छोडेर भागेका छन् ।

TOP